Headline

भ्यान डाइक बने लिभरपुलको सबैभन्दा धेरै तलब खाने खेलाडी

Published

on

इंङ्गलिस प्रिमियर लिग टोली लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक क्लबको इतिहासमा सर्वाधिक तलब खाने खेलाडी बन्ने भएका छन् ।

पछिल्लो समय भ्यान डाइक प्रिमियर लिग छाडेर लिग वान क्लब पेरिस सेन्ट जेर्माईन जाने हल्ला चलेको थियो । तर भ्यान डाइकले द रेड्ससँग पाँच बर्षको नयाँ सम्झौता गर्दै हप्ताको २ लाख २० हजार पाउण्ड तलब लिने भएका हुन् । अब उनी सन् २०२४–२५ को सिजन सम्म लिभरपुलमा नै रहने छन् ।

यस अघि भ्यान डाइकले हप्ताको १ लाख ८० हजार पाउण्ड तलब बुझ्ने गर्दथे । तर अब यो सिजनको अन्त्यसँगै उनले लिभरपुलसँग नयाँ सम्झौता गर्ने छन् र क्लबको इतिहासमा नै सर्वाधिक तलब बुझ्ने खेलाडी बन्ने छन् ।

यस अघि लिभरपुलका सबैभन्दा महँगो खेलाडी मोहमद सलाह थिए । सलाहले हप्ताको दुई लाख पाउण्ड लिने गर्दछन् । २०१८ को शुरुवातमा प्रिमियर लिग टोली साउथह्याम्प्टनबाट लिभरपुल ७५ मिलियनमा आएका डच खेलाडी भ्यान डाइकले लिभरपुलका लागि ८१ खेल खेल्दै ८ गोल गरेका छन् ।

लिभरपुलले पछिल्लो केही समय प्रिमियर लिगमा उच्च प्रदर्शन गर्दा र च्याम्पियन्स लिगको उपाधि जित्दा भान डाइकको प्रदर्शन निकै महत्वपूर्ण रहदै आएको छ ।

Click to comment

Trending