Headline

स्पेनको असफल भर्चुवल फुटबल प्रविधिमामा सेभिया जितका साथ फर्कियो

Published

on

खेल सञ्चालन बाहेक केही शुरुवाती समस्य भएपनि स्पेनिस ला लिगा तीन महिनापछि बिहिबार शुरु हुँदा सेभियाले रियल बेटिसलाई २–० ले पराजित गरेको छ ।

केही समर्थकहरुको समुह सामाजिक दुरी कायम राख्नका लागि बनाइएको नियम तोड्दे रामोन–साञ्चेज पिज्वान स्टेडियम अगडाी भिड बनाएर उपस्थित भएका थिए भने टेलिभिनमा प्रत्यक्ष हेरेर बसेका दर्शकलाई भरिएको रँगशालाको अनुभुति दिन बनाइएको प्रविधिमा निकै गल्तिहरु देखिएका थिए ।

मार्च १० देखि स्थगित भएको ला लिगा युरोपका प्रमुख ठूला लिगहरु मध्ये शुरु हुने दोश्रो प्रतियोगिता भने बनेको छ । र लुकास ओस्काम्पोस त्यसमा घरेलु टोली सेभियाका लागि नायक साबित भए । पहिलो हाफमा एक सशक्त प्रहार पोस्टमा ठोक्एिर फर्केपछि औस्काम्पोसले दोश्रो हाफमा पेनाल्टी मार्फत टिमलाई अग्रता दिलाएका थिए । उनकै ब्याक हिल पासमा फर्नाण्डोले गोल गर्दै सेभियाको जित सुनिश्चित गरेका थिए ।

तेश्रो स्थानमा रहेको सेभियाको २८ खेलबाट ५० अंक भएको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाको ५८ र रियल म्याड्रिडको ५६ अंक रहेको छ । दुवैले २७ खेल खेलेका छन् । रियल बेटिस ३३ अंकका साथ १२ औं स्थानमा छ ।

जर्मनीले टिभीमा हेरेर बसेका दर्शकलाई फिफा गेमिङ्गबाट दर्शकको हल्ला सहित खेल देखाएपनि स्पेनको प्रविधि भने सफल हुन सकेको थिएन । यसको आवाज राम्ररी सुन्दा पनि सुनिदैन थियो । समर्थकहरुले क्लबको जर्सीमा लगाएर बसेको जस्तो देखिने गरि सिटहरु रँगाइए पनि त्यो निकै पुरानो समयको कम्प्युट ग्राफिक्स जस्तो देखिन्थ्यो ।

Click to comment

Trending