Headline

भारतको श्रीलंका भ्रमण कोरोनाका कारण रद्द 

Published

on

भारतीय क्रिकेट टोलीले गर्ने भनेको श्रीलंका भ्रमण कोरोना भाइरसका कारण रद्द भएको छ ।

भारत र श्रीलंका दुबै देशमा कोरोनाको महामारी फैली रहेको अवस्थामा यहि महिना आयोजना हुने भनिएको शृंखला हुने सम्भावना न्युन बने पछि रद्द गरिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ । तर दुबै बोर्डले अहिले रद्द भएको शृंखला के कहिले गराउने भन्ने बिषयमा भने कुनै पनि जानकारी दिएका छैनन् ।

भारतमा करिब तीन लाख कोरोनाका बिमारी भेटिएका छन् भने कोरोनाका कारण नै मृत्यु हुनेको संख्य आठ हजार पाँच सय भन्दा बढी रहेको छ । त्यस्तै श्रीलंकामा १८ सय मात्र बिमारी रहेका छन् भने ११ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

भारतले श्रीलंका भ्रमणका क्रममा तीन ट्वान्टी ट्वान्टी तथा तीनवटा नै एकदिवसीय खेलको शृंखला खेल्ने कार्यक्रम रहेको थियो ।

यस अघि भारतले श्रीलंकाको भ्रमण सन् २०१७ मा गरेको थियो । उक्त भ्रमणका क्रममा भारतले श्रीलंकासँग तीन टेस्ट, पाँच एकदिवसीय र एक ट्वान्टी ट्वान्टीको शृंखला खेलेको थियो ।

यस अघि बंगलादेश क्रिकेट टोलीले पनि श्रीलंकाको गर्ने भनिएको भ्रमण कोरोनाका नै कारण रद्द भएको थियो ।

Click to comment

Trending