Headline

एसि मिलान विङ्गर ‘गन पोइन्ट’ मा लुटिए

Published

on

इटालियन सिरी आ क्लब एसि मिलानका बिङ्गर सामु कास्टिलेओलाई गन पोइन्ट मा राखेर लुटिएको छ । आफ्नो इन्स्टाग्राम स्टोरीमा २५ बर्षिय कास्टिलेओले आफू बन्दुकधारी लुटेराहरुको शिकार भएको बताएका हुन् ।

इटालियन मिडियाका अनुसार मङ्गलबार ट्रफिक सिग्नलमा गाडी रोकिराख्दा दुई जनाले बन्दुक देखाएर उनको घढी लुटेका हुन् । “मिलानमा के सबै ठिक छ ? मेरो मुख अगाडी बन्दुक तेस्र्याएर मलाई दुई जनाले लुटेका छन्,” उनले स्टोरीमा लेखेका छन् ।

आफू यो घट्नाले स्तब्ध भएको र प्रहरीलाई सबै रिपोर्ट सुनाएको स्पेनि विङ्गरले बताएका छन् । कास्टिलेओ मिलानमा दुई बर्ष अघि स्पेनिस क्लब भिलारियालबाट २० मिलियन डलरमा मिलान आएका थिए । उनले मिलानका लागि ५९ खेलमा पाँच गोल गरेका छन् ।

Click to comment

Trending