Headline

स्कटल्यान्डमा हुने नेपालको शृंखला कोरोनाका कारण स्थगित 

Published

on

सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटमा रहेको विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने नेपाल र नामिबिया सम्मिलित एकदिवसीय शृंखला कोरोनाका कारण रद्ध भएको छ ।
 
अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज एक बिज्ञप्ती जारी गर्दै विश्वकप लिग टु र विश्वकप च्यालेन्ज लिग बी अन्तर्गतका नौं शृंखला रद्ध भएको जनाएको हो । जसमा आयोजक स्कटल्यान्डसँगै नामिबिया र नेपालको सहभागिता रहने थियो ।

नेपालले लिग टु का लागि जुलाई चार देखि ११ सम्म स्कटल्यान्डको भ्रमण गर्ने थियो जस अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग समान दुई दुई खेल खेल्ने कार्यक्रम थियो ।  

 
यस अघि कोरोनाका नै कारण नेपालको विश्वकप लिग टु अन्तर्गतकै नामिबिया र पपुवा न्युगिनी बिरुद्धको खेल पनि रद्ध भएको थियो ।
 
विश्वकप लिग टु मा सात टोली रहेका छन् भने पहिलो, दोश्रो र तेश्रो हुने टोलीले ग्लोबल क्वालिफायर्समा स्थान सुरक्षित गर्ने छन् भने अन्तिम चारले अर्को छनोट खेल्न पर्ने हुन्छ । नेपालले हाल सम्म चार खेल मात्र खेलेको छ भने दुईमा जीत र दुईमा हारको सामना गर्दै चार अंकका साथ छैठौं स्थानमा रहेको छ ।   

Click to comment

Trending