Corona Virus

डेली अलिलाई पचास हजार युरो जरिवाना सहित एक खेल ब्यान गर्ने एफएको निर्णय

Published

on

 

इंग्ल्याण्ड तथा टोटन्ह्याम हस्ट्स्परका मिडफिल्डर डेलीलाई ईंग्लिश फुटबल निकाय एफ.एले उनले सामाजिक सन्जालमा एक चाइनिज नागरिक माथि गरेको भेदभावका कारण ५०,००० युरो सहित म्यानचेस्टर युनाइटेड विरुद्धको खेलका लागि ब्यान गरेको छ।

उनले आफ्नो स्न्यापच्याटमा अलिले कोरोना भाईरसमा बाडिएका स्यानिटाइजर लिएर एक चिनिया व्यक्तिलाई देखाउदै भन्दै जिस्काएको भिडियो सार्वजनिक गरेका थिए।

उनले भिडियोमा क्याप्शनमा “यो भाईरसले मलाई समाउन यस्ले धेरै मेहेनत गर्नु पर्छ” भन्दै   भिडियो आफ्नो स्न्यापच्याट स्टोरीमा हालेका थिए।

उनको यो विवादस्पद भिडियोका कारण उनलाई गत महिना मात्र उनलाई इङ्गलिस फुटबल संघले रँगभेदको आरोपमा कारबाही गरेको थियो। अली देखी महिन देखीनै मिडियामा आहिरहेका छन्। केही सता अघी मात्र उनको घरमा चोरी भएको थियो।

उनलाई एफएले जरिवाना सहित समाजिक विषयको कक्षा पनि दिने छ।

उनलाई जातियभेदभावका कारण ब्यान गरिन लागेको भए पनि अलीका अनुसार भने उनले त्यो भिडियो गल्तीले माजक गरेको भनेका थिए।

Click to comment

Trending