Headline

खाली रँगशालामा भएपनि आईपिएल हुने

Published

on

भारतीय क्रिकेट बोर्डले खाली रँगशालामा भए पनि इण्डियन प्रिमियर लिग (आईपिएल) गर्ने भएको छ ।

आईसिसिले ट्वान्टी ट्वान्टी बिश्वकपकालागि पर्ख र हेरको रण्नीति बनाएको निर्णय गरिरहदा भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले खाली रँगशालामा भएपनि २०२० को अन्त्यममा आईपिएल गर्ने बताएका छन् । ट्वान्टी ट्वान्टी बिश्वकप अक्टोबरका लागि अष्ट्रेलियामा हुने तय भएको थियो ।

तर कोरोना भाइरसको संक्रमण जारी रहदा आईसिसिले क्रिकेट सञ्चालनका लागि बिभिन्न नियम अगाडी ल्याएको छ भने बिश्वकप पनि हुने नहुनेमा शंका कायमै रहेको छ । भारतीय क्रिकेट टोलीका पुर्व कप्तान गाँगुलीले राज्यका क्रिकेट बोर्डहरुलाई पत्राचार गर्दै बिसिसिआईले यसबारे चाडै निर्णय लिने पनि बताएका छन् ।

“खाली रँगशालामा भएपनि आईपिएल गराउने सम्भावना तर्फ बिसिसिआईले सम्भावित बिकल्पहरु हेरिरहेको छ । क्रिकेट समर्थक, फ्रान्चाइज, खेलाडी, प्रशारक, प्रायोजक र क्रिकेटका सरोकारवालाहरु आईपिएलका लागि कुरेर बसेका छन्,” गाँगुलीको पत्रमा लेखिएको छ ।

“पछिल्लो केही सयम भारत र अन्य देशका खेलाडीहरुले आईपिएलतर्फ चासो देखाइरहेका छन् । हामी आशावादी छौं र बिसिसिआईले केही समयमै यसको निर्णय गर्नेछ,” गाँगुलीले भनेका छन् ।

Click to comment

Trending