Headline

ट्रेबलको दाउमा रहेको बायर्न लेभरकुसनसँग जर्मन कपका लागि भिड्ने

Published

on

डिफेन्डिङ्ग च्याम्पियन बायर्न म्युनिख ऐन्ट्राच्ट फ्रांकफर्टलाई हराउदै जर्मनको कपको फाइनलमा बायर लेभरकुसनसँग भिड्ने भएको छ ।

बुधबारको सेमिफाइनलमा इभान पेरिसिचको गोलको मद्दतमा १–० ले अग्रता लिएको बायर्ननले पहिलो हाफ पूर्ण रुपले आफ्नो नियन्त्रणमा लिएको थियो । २०१८ को बिजेता फ्रांकफर्टले ६९ औं मिनेटमा ड्यानी डा कोस्टाको गोल मार्फत बराबरी गरेको थियो ।

पाँच मिनेटपछि नै रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले उपाधिको नजिक पुगेको थियो । जोसुवा किमिचको पासमा भएको गोललाई शुरुमा अफ साइड दिइए पनि भिडियो असिस्टेन्ट रेफ्रिको मद्दतमा बैधानिकता दिइएको थियो । बायर्नका लागि पोलिस स्ट्राइकर लेवान्डोस्कीले यो सिजन ३९ खेलमा ४५ गोल गरिसकेका छन् ।

जर्मन बुन्डेसलिगाको उपाधि लगभग पक्का गरिसकेको बायर्न च्याम्पियन्स लिगको पनि क्वार्टर–फाइनल नजिक रहेको छ । उसले चेल्सीलाई उसकै घरमा भएको पहिलो लेगमा ३–० ले हराएको थियो ।

जुलाई ४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुने फाइलनमा बायर्नले लेभरकुसनको सामना गर्ने भएको हो । लेभरकुसनले मँगलबार भएको अर्को सेमिफाइनलमा चौथो श्रेणीको सारब्रुकेनलाई ३–० ले हराएको थियो ।

Click to comment

Trending