Headline

जोसुवा र फ्युरीबीच हुने भयो ब्रिटिस इतिहासकै ठूलो बाउट

Published

on

एन्थोनि जोसुवा (बायाँ) र टाइसन फ्युरी

ब्रिटिस बिश्व हेभिवेट बक्सिङ्गका च्याम्पियनद्वय एन्थोनी जोसुवा र टाइसन फ्युरी दुई फाइटका लागि भिड्ने भएका छन् । मे देखि शुरु भएको सम्भावित ऐतिहासिक बाउट बारे बक्सिङ्ग प्रबद्र्धक एडि हर्नले पुष्टि गरेका हुन् ।

३० बर्षिय जोसुवाको नाममा डब्लुबिए, आईबिएफ र डब्लुबिए बेल्ट रहेका छन् भने ३१ बर्षिय फ्युरी डब्लुबिसी च्याम्पियन हुन् । वल्र्ड बक्सिङ्ग एशोसिएसन, इन्टरन्यासनल बक्सिङ्ग फेडेरेशन, वल्र्ड बक्सिङ्ग अर्गनाइजेसन र वल्र्ड बक्सिङ्ग काउन्सिल व्यावसायिक बक्सरहरुको फाइट गराउने संस्थाहरु हुन् ।

जोसुवा र फ्युरी हेभिवेटतर्फका च्याम्पियन हुन् । अन्तर्राष्ट्रिय व्यवसायिक बक्सिङ्गका १७ तौल समुहमध्ये हेभिवेट बक्सिङ्गलाई सबैभन्दा उच्च स्थानमा राखिने गरिन्छ । यसै कारण जोसुवा र फ्युरीको फाइटलाई ब्रिटेनको बक्सिङ्ग इतिहासकै सबैभन्दा ठूलो फाइटको रुपमा हेरिएको छ ।

“आर्थिक पाटोलाई लिएर दुबै बक्सर सहमतिमा पुगेका छन्,” जोसुवाका प्रबद्र्धक हर्नले भने । “हामी निकै राम्रो अवस्थामा छौं । सैद्धान्तिक रुपमा दुवै जना भिड्नका लागि तयार भएको भन्दा हुन्छ । दुईबीच दुईवटा फाइट हुनेछ ।” एक अर्कासँग भिड्नु अघि जोसुवा र फ्युरीले यसअघि नै बाचा गरेका कार्यक्रमहरु भने पुरा गर्न बाकी रहेको छ ।

गत डिसेम्बरमा आफ्ना उपाधिहरु सुरक्षित गरेका जोसुवाले कोरोना भाइरसपछि खेल सुचारु हुदा उनलाई चुनौति दिएका बुल्गेरियन बक्सर कुब्रत पुलेभको सामना गर्नुपर्नेछ । फेब्रुवरीमा हराएर डब्लुबिसि उपाधि जितेका फ्युरी एकपटक फेरि डियोन्टे वाइल्डरसँग भिड्नेछन् ।

Click to comment

Trending