Headline

कम आम्दानीपछि रेसिङ्ग छोडेर एडल्ट फिल्म उद्योगमा

Published

on

सुपर कार ड्राइभर रेने ग्रेसी एडल्ट फिल्डम स्टार बनेकी छिन् । उनले एडल्ट फिल्म वेबसाइट ओन्लीफ्यान्ससँग महँगो रकममा सम्झौता पनि गरिसकेकी छिन् । पोर्न मुभि र भिडियो खेले बापत उनले हप्ताको १४ हजार पाउण्ड पारिश्रमिक लिने छिन् ।

अस्ट्रेलियन मुलकी ग्रेसी पहिलो व्यवसायिक सुपर कार रेसर हुन् । २५ बर्षिया ग्रेसीले कार रेसिङबाट निकै कम पैसा कमाएको र आफ्नो नयाँ कामबाट राम्रो कमाई हुने भएकाले यसमा लागेको जनाएकी छिन् । त्यस्तै उनले पोर्न स्टार बन्दा कुनै पछुतो नभएको पनि बताएकी छिन् ।

“मलाई पोर्न उद्योगबाट यती धेरै आम्दानी हुन्छ र मेरो आर्थिक अवस्था पनि राम्रो हुन्छ भन्ने थाहा थिएन । मैले सपनामा सोचे भन्दा पनि राम्रो कमाई हुँदो रहेछ । म यसमा निकै खुशी छु र रमाई पनि रहेको छु,” ग्रेसीले थपिन् । “मानिसहरुले जे सुकै भने पनि म यसमा ठिक छु । म यहाँ राम्रो पैसा कमाउँदै छु र सहज पनि महसुस गर्दै छु ।”

ग्रेसीले पहिलो पटक सन् २०१५ मा स्विटजरल्यान्डकी कार रेसर सिमोना डी सिलभेस्ट्रोसँग नग्न अवस्थामा नुहाएर सुट गरेकी थिइन् र त्यस पछि रेसको स्नेह गुमाउन थालेकी थिइन् ।

पछिल्लो समय पैसाको समस्या हुन थाले पछि उनले आफ्नो गाडीहरु बेच्न सुरु गरेकी थिइन् । पोर्न स्टार बने पछि प्रशस्त पैसा कमाउदै छिट्टै नयाँ घर किन्ने र एक बर्ष भित्रमा घरको पुरै किस्ता तिर्ने सोचमा पनि रहेकी छिन् ।

ग्रेसीले सुरुमा नग्न फोटोहरु सार्वजनिक गर्दै पहिलो हप्तामा नै १७ सय पाउण्ड कमाए पछि हौसिएर चलचित्र नै सार्वजनिक गरिन् । उनको माग बढ्दै गए पछि उनले धेरै भन्दा धेरै भिडियो हाल्न थालेकी छिन् ।

आफू पोर्नस्टार बनेको आफ्ना बुवालाई पनि थाहा भएको र यसमा उनका बुवालाई पनि कुनै आपत्ती नभएको पनि जनाएकी छिन् ।

Click to comment

Trending