Headline

रोजर फेडेरर २०२१ सम्म कोर्ट बाहिर रहने

Published

on

२० पटकका ग्राण्ड स्ल्याम बिजेता रोजर फेडेरर २०२१ सम्म कोर्ट बाहिर रहने भएका छन् ।

३८ बर्षिय फेडेररले आफ्नो घुँडाको शल्यकृया गर्ने भए पछि लामो समय टेनिस खेल्न नसक्ने भएका हुन् । स्विस लिजेण्ड फेडेरर गत फेब्रुवरीमा आर्थोस्क्रोपिक शल्यकृया गरेका थिए । फलो–अपका क्रममा फेडेररले फेरी एक पटक शल्कृया गर्नुपर्ने भएको हो ।

पछिल्लो पटक सन् २०१८ को अष्ट्रेलियन ओपन जितेका फेडेररले ट्विटर मार्फत आफु लामो समय कोर्ट बाहिर रहनु परेको जनाएका हुन् । “मैलें माथिल्लो स्तरमा रहनका लागि शत प्रतिशत तयार हुने योजना बनाएको छु,” उनले लेखेका छन् ।

“म २०२१ को सिजन शुरु हुने बेला सम्ममा पुर्ण रुपमा फिट भएर मैदानमा आउन चाहन्छु । यो अवधिमा म मेरो समर्थक र टेनिस भ्रमणको अभाब महसुस गर्नेछु । तर अर्को बर्ष सबैलाई देख्ने आशा छ,” उनले ट्विटमा लेखेका छन् ।

गत बर्ष सर्वाधिक कमाई गर्ने खेलाडीको सुचीमा पहिलो स्थानमा रहेका फेडेरर ग्राण्ड स्ल्याम धेरै जित्ने खेलाडीको सुचीमा पनि पहिलो नम्बरमा रहेका छन् । दोश्रो स्थानका स्पेनिस खेलाडी राफेल नाडालले १९ तथा सर्बियाका नोभाक जोकोभिकले १७ ग्राण्ड स्ल्याम आफ्नो नाममा लेखाइसकेका छन् ।

सन् २००३ मा पहिलो पटक ग्राण्ड स्ल्याम जितेका फेडेररले हाल सम्म १०३ एकल टेनिस उपाधि हात परेका छन् ।

Click to comment

Trending