Headline

फ्रान्सको उच्च अदाललते लिग वानको रेलिगेसन रोकिदियो

Published

on

फ्रान्सको उच्च अदालतले मङ्गलबर फ्रेञ्च लिग वानबाट एमिन्स र टुलुजको रेलिगेसन रोकिदिएको छ । अदालतले अर्को लिग वान क्लब लियोनको सिजन रद्दबिरुद्ध गरेको अपिल भने खारेज गरिदिएको छ ।

काउन्सिल अफ स्टेट न्यायधीशले सिजन रद्द गर्ने निर्णयले बैधानिकता दिएका छन् भने रेलिगेस रोकिदिएका छन्, मङ्गलबार भएको निर्णयमा लेखिएको छ । कोरोना भाइरसको महामारीका कारण फ्रेञ्च लिगले प्रथम श्रेणीको लिग १० चरणको खेल बाकी छदै रोकिदिएको थियो ।

यो फुटबलको मुल्यको जित हो । हरेक कर्मचारी, एकेडेमी रहेका खेलाडी, व्यवसायिक खेलाडी सबैको लागि यो राम्रो निर्णय हो किनभने उनीहरुलाई आफ्नो जागिर जाने डर थियो, एमिन्सका अध्यक्ष बर्नार्ड योआनिनले भने । यो ठूलो सन्तुष्टि हो । मैले सधै लिगको निर्णय पक्षपाति र अपरिपक्व थियो ।

फ्रान्स सरकारले महामारीको समयमा फुटबल सुचारु हुन नसक्ने भन्दै घोषणा गरेपछि लिग वान रद्द गर्ने निर्णय गरिएको थियो । बेलायत, इटाली र स्पेन फ्रान्स सरह नै प्रभावित रहेका थिए तर ती तीनवटै देशका प्रथम श्रेणीको फुटबल भने जुन मध्यतिर सुचारु हुन गइरहेको छ । लिग वान अप्रिलमै रद्द गरिने निर्णय लिइएको थियो ।

न्यायधीशले फ्रेञ्च लिगलाई फ्रान्स फुटबल महासंघसँग छलफल गर्दै अर्को सिजन २२ टोली समावेश गरेर खेलाइने सम्भावित लिगका बारे अध्ययन गर्न आदेश पनि दिएको छ । एमिन्स र टुलुजको रेलिगेसन रोकिएपछि अब लिग वानमा २० को साटो २२ टोली हुने भएका छन् ।

एमिन्स र टुलुजले आफ्नो रेलिगेसन अन्यायपुर्वक र एकपक्षीय भएको वहस गरेको थियो भने लियोनका अध्यक्ष जन–मिकेल अलासले सिजन रद्द गर्ने निर्णयबिरुद्धको लडाईको नेतृत्व गरेका थिए । च्याम्पियन्स लिगको यो सिजन अन्तिम १६ मा प्रवेश गरेको लियोन लिग रोकिदा सातौं स्थानमा रहेको थियो जसले गर्दा उ न अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन सक्यो न युरोपा लिगमा नै ।

पेरिस सेन्ट जर्माइन पछिल्लो ८ बर्षमा सातौं पटक लिग बिजेता घोषित भएको थियो । प्रमोशन र रेलिगेसन प्लेअफको प्रावधान हटाउने निर्णय गर्दा दोश्रो डिभिजन (लिग टु) बाट लोरिएन्ट र लेन्स लिग वानका लागि छनोट भएका छन् ।

Click to comment

Trending