Corona Virus

कोरोनाका कारण पाकिस्तान टोलीको अभ्यास स्थगित

Published

on

आगामी महिना इंग्ल्यान्ड भ्रमण अघि गर्ने पाकिस्तान टोलीले गर्ने भनिएको अभ्यास कोरोना भाइरसका कारण स्थगित भएको छ । पाकिस्तान क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै अभ्यास हालका लागि रोकिएको जनाएको हो ।

पाकिस्तान क्रिकेट बोर्डले यस अघि लाहोरमा बन्द प्रशिक्षण सुरु गर्ने जनाएको थियो । तर पाकिस्तानमा बढ्दै गएको कोरोनाका कारण हालको लागि बन्द प्रशिक्षणको योजना रद्ध गरिएको हो । पाकिस्तानमा गत हप्ता मात्र एक लाख भन्दा बढी कोरोनाका बिमारी फेला परेका छन् भने हस्पिटलहरुले पनि बिमारी राख्नका लागि शैया खाली नभएको जनाएका छन् ।

आफ्नो देशमा अभ्यास सुरु गर्न नसक्ने भए पछि पाकिस्तानी टोलीले अब छिटै इंग्ल्यान्डको भ्रमण गर्न सक्ने छ । यस अघि पाकिस्तान एक महिना अगावै इंग्ल्यान्ड जाने कार्यक्रम रहेको थियो । अन्तरास्ट्रिय क्रिकेट परिषदको नयाँ नियम अनुसार यदि कुनै टोली अर्को देशमा गएर अन्तरास्ट्रिय खेल खेल्छ भने उसले १४ दिन क्वारेन्टाइनमा बस्ने पर्ने हुन्छ । जसले गर्दा अब पाकिस्तान एक महिना भन्दा अगावै इंग्ल्यान्ड जानेछ ।

घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तान बीचको तीन टेस्ट खेलको शृंखला अगस्ट पाँच तारिखमा सुरु हुनेछ ।त्यस्तै दोश्रो र तेश्रो तथा अन्तिम खेल क्रमसः अगस्ट १३ देखि र अगस्ट २१ देखि साउथह्याम्प्टनमा आयोजना हुनेछ ।

दुई देश बीचको तीन ट्वान्टी ट्वान्टी शृंखला अगस्ट २८, ३० र सेप्टेम्बर एक तारिखमा नै साउथह्याम्प्टनमा हुनेछ ।

Click to comment

Trending