Headline

आफ्नै घरेलु क्लबबाट पनि निकालिए बालोटेली

Published

on

मारियो बालोटेली जता, बिवाद त्यता । सधै एकपछि अर्को लफडाका कारण मिडियामा नकारात्मक रुपमा छाउने गरेका इटालियन स्ट्राइकर मारियो बालोटेलीलाई मङ्गलबार इटालियन सिरी आ क्लब ब्रेसियाले प्रशिक्षण आए लगत्तै फर्काइ दिएको छ ।

ब्रेसियाको प्रशिक्षण मैदानको गेट सम्म पुगेका बालोटेली एक क्लब पदाधिकारीसँगको छोटो वार्तालाप पछि नै फर्किएका थिए । केही दिनअघि उनलाई ब्रेसियाले क्लबबाट निकालिसकेको अपुष्ट समाचार बाहिर आएको थियो । फर्कदै गर्दा बालोटेली मिडियालाई भनेका थिएः “अब म प्रशिक्षण गर्न चाहन्न भन्नुस न त ।”

मिडियाले पनि साथ दिने नगरेको रिसमा उनले त्यो भनेका थिए । कोरोना भाइरसले स्थगित भएपछि तीन महिनामा पहिलो पटक शुरु हुन गइरहेको सिरी आ को प्रशिक्षणका लागि बोलाइदा बालोटेली अनुपस्थित थिए । उनले आफूलाई पेटको समस्या रहेको बताएका थिए ।

इटालियन पत्रिका ग्याजेट्टा डेलो स्पोर्टका अनुसार बालोटेलीले सोमबार अहिले ठिक भइसकेको भनेर एक डक्टरले लेखेको पर्चि क्लबमा पठाएका थिए । तर सम्बन्धित पदाधिकारीसम्म समयमा पर्चि नपुगेपछि आफै प्रशिक्षणका दौरान घाइते भए–नभएको स्पष्ट हुन सकेको थिएन ।

आफूलाई गोद लिएको परिवारसँग हुर्किएको ब्रेसियाको क्लबका लागि बालोटेलीले गत अगष्टमा सम्झौता गरेका थिए । यसअघि उनी इङ्गलिस प्रिमियर लिग र फ्रेञ्च लिग पनि धाइसकेका थिए । तर सबैतिर उनको स्वभावका कारण निकालिदै अथवा सम्झौता नविकरण नपाइ फर्कने गरेका छन् ।

उनले ब्रेसियाका लागि १९ खेलमा पाँच गोल गरेका छन् ।

Click to comment

Trending