अन्तर्राष्ट्रिय

युनिस खान पाकिस्तान टोलीको ब्याटिंङ प्रशिक्षमा नियुक्त

Published

on

पाकिस्तान क्रिकेट बोर्डले गर्ने इंग्ल्यान्ड भ्रमणका लागि पाकिस्तान टोलीका पुर्व कप्तान युनिस खानलाई ब्याटिंङ प्रशिक्षमा नियुक्त गरेको छ ।

मिस्बाह उल-हक प्रशिक्षक रहेको पाकिस्तानको टोलीको बलिङ प्रशिक्षक युनिस खान हुन् भने केही दिन अघि मात्र बोर्डले मुस्ताक अहमदलाई स्पिन बलिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो भने आज मात्र युनिसलाई ब्याटिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको जनाएको हो ।

पाकिस्तान टोलीले अगस्टमा गर्ने इंग्ल्यान्ड भ्रमणका क्रममा तीन टेस्ट तथा तीन वटा नै ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलको शृंखला खेल्ने छ ।

पाकिस्तान टोलीका उत्कृस्ट ब्याट्सम्यानहरु मध्य एक युनिसले टेस्टमा १० हजार भन्दा बढी रन बनाएका थिए । त्यस्तै उनको प्रदर्शन इंग्ल्यान्डमा पनि निकै राम्रो रहेको छ । इंग्ल्यान्डमा उनले १६ पारी खेल्दै ५० भन्दा बढीको औसतमा आठ सय १० रन बनाएका थिए जसमा दुई शतक र तीन अर्धशतक पानी रहेको छ ।

पाकिस्तान टोलीको ब्याटिंङ प्रशिक्षक नियुक्त हुँदा युनिस पनि खुशी छन् । ‘मेरो लागि देशको लागि खेल्दा र नेतृत्व गर्न पाउँदा भन्दा ठुलो सम्म केहि लाग्दैनथ्यो । मैलें फेरी देशको सेवा गर्ने अवसर पाउँदा आफैलाई भाग्यमानी ठानेको छु,’ युनिसले भने ।

‘इंग्ल्यान्ड भ्रमण चुनौतीपुर्ण हुँदा हुँदै पनि मेरो लागि अवसर पनि हो । पाकिस्तानको टोलीमा निकै राम्रा र प्रतिभाशाली खेलाडीहरु छन् । हामी यो टोलीलाई अझै राम्रो बनाउने छौं भने राम्रो भन्दा राम्रो अभ्यास गर्दै इंग्ल्यान्ड भ्रमणलाई यादगार बनाउन चाहन्छौं ।’

Click to comment

Trending