Corona Virus

बंगलादेशको श्रीलंका भ्रमण संकटमा

Published

on

बंगलादेश क्रिकेट टोलीले आगामी महिना गर्ने भनेको श्रीलंकाको भ्रमण संकटमा परेको छ ।

बंगलादेशले श्रीलंका भ्रमणका क्रममा तीनवाट टेस्टको शृंखला खेल्ने कार्यक्रम रहेको थियो । तर कोरोना भाइरसको प्रभाव कम हुन नसकेको कारण बंगलादेश टोली असुरक्षित महसुस गर्दै श्रीलंकाको भ्रमण गर्ने सुरमा छैन ।

बंगलादेश क्रिकेट बोर्डले हालै गरेको एक भिडियो बैठकका क्रममा खेलाडीहरुले यस्तो अवस्थामा खेल्न नसक्ने बताएका हुन् । एक खेलाडीले भने, ‘यस्तो अवस्थामा हामी कसरी खेल्नका लागि श्रीलंकाको भ्रमण गर्न सक्छौं । मानौं हामी मध्य एक जनालाई कोरोना लाग्यो भने के फेरी बंगलादेश फर्कन सहज होला ? त्यस्तै हाम्रो परिवारको कुनै एक सदस्यलाई कोरोना भएको पुष्टी भएमा के हामी सबै कुरा बिर्सेर क्रिकेट खेल्न सक्छौं ?’

खेलाडीहरुले श्रीलंका भ्रमणमा जानका लागि आनाकानी गरे पछि बंगलादेश क्रिकेट बोर्ड पनि भ्रमणबाट पछि हट्ने संकेत देखाएको छ । बोर्डका एक सदस्यले पनि तोकिएकै समयमा श्रीलंका भ्रमणमा जाने सम्भावना न्युन रहेको स्वीकारेका छन् ।

विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत बंगलादेशले जुलाईको तेश्रो हप्ता तीन टेस्ट शृंखलाका लागि श्रीलंका भ्रमणमा जाने कार्यक्रम रहेको थियो । श्रीलंका क्रिकेट बोर्डले बंगलादेश बिरुद्धको टेस्ट कोलम्बो, गाले र क्यान्डीमा खेलाउने पनि जनाएको थियो ।

जुलाईमा बंगलादेशको भ्रमण नहुने भए पछि श्रीलंकाले बंगलादेश क्रिकेट बोर्डलाई सेप्टेम्बरमा आफ्नो देशको भ्रमणका लागि राजी गराउने कोशिस गर्दै छ तर यस बारेमा भने श्रीलंका क्रिकेट बोर्डले अझै अधिकारिक धारणा भने राखेको छैन ।

Click to comment

Trending