Headline

क्लोप लिभरपुलको ट्रफी परेड अर्को बर्ष गर्न चाहन्छन्

Published

on

लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले लिभरपुलको प्रिमियर लिग उपाधिको ट्रफी परेड कोरोना भाईरसको प्रकोप सकिए लगतै अर्को बर्ष गर्न आग्रह गरेका छन् ।

लिभरपुल ३० बर्षमा पहिलो प्रिमियर लिग उपाधि जित्न दुई जितबाट मात्र टाढा रहेको छ । कोरोनाको महामारीका कारण मार्चमा प्रिमियर लिग रोकिएपछि लिभरपुललाई लामो समय कुर्न परेको छ । प्रिमियर लिग बन्द रंगशालामा १७ जुन देखी पुन सुचारु हुँदै छ, त्यसैले लिभरपुलका समर्थकहरुले ट्रफी एन्फिल्डमा उचालेको प्रत्यक्ष हेर्न पाउने छैनन् ।

कोरोनाका कारण रंगशाला बाहिर ठूलो भिड जम्मा गराउन नमिल्ने भएकाले अहिलेको स्थितीमा ट्रफी परेड असम्भव देखिन्छ । क्लोप अवस्था सामान्य भएपछि मात्रै ट्रफी परेड गर्न सुझाउछन् ।

“आफुले सोचेको जसरी खुशीयाली मनाउन नपाउदा राम्रो लाग्दैन । रंगशालामा एक्लै खुशीयाली मनाउदै मलाई कार चढेर घर जान मन छैन । हामीले ट्रफि उचाल्दा यस्तो हुन सक्छ भनेर सोचेको थिएनौं तर अब यसलाई बदल्न पनि सकिदैन । यस बिषयमा धेरै सोचेर काम पनि छैन,” क्लोप भन्छन ।

“कुनै दिन आउला जब कसैले यो महामारीको खोप लगाउनेछ, यो समस्याको समाधान निकाल्ने छ र संक्रमण शुन्यमा झर्ने छ, त्यो समय हामीले जसरी खुशीयाली मनाउदा पनि हुन्छ । यदी अर्को सिजनमा १२ औं अथवा १३ औं चरणका खेलहरु भइरहेका छन् र हामीलाई मनाउन इच्छा लागेको छ भने कसले रोक्न सक्छ र ? हामीसंग हाम्रो ट्रफी हुने छ । हामी बसमा चढ्दै ट्रफिका साथ माथि खुला छतमा उभिदै पुरा शहर घुम्ने छौँ । कसैले हामीलाई पागल भन्छ भने म त्यसको मतलब गर्दिन,” उनले भने ।

“तर के त्यो खुशीयाली बिशेष हुनेछ ? यसमा कुनै प्रश्न नै छैन । त्यो फरक नै हुनेछ र कहिले काहि फरक हुदा राम्रो नै हुन्छ ।”

लिभरपुलले आफ्नो २९ मध्ये २७ खेल जिती सकेको छ । तर क्लोप र उनका खेलाडीको लक्ष्य भने अंक तालिकामा १०० अंक पुर्याउने हुने छ । यो सिजन ऐतिहासिक बन्न सक्छ । केवल क्लबका लागि मात्रै होइन । सामान्य रुपमा नै ऐतिहासिक हुनेछ । क्लबले पनि सोचे भन्दा धेरै अंकका साथ लिग जित्न सक्छ र हामी लागि पर्ने छौ ।

Click to comment

Trending