Headline

१८ बर्षिय टिनोसँग चेल्सीको पाँच बर्षको सम्झौता

Published

on

चेल्सीका १८ बर्षिय युवा खेलाडी टिनो एन्जोरिनले प्रिमियर लिग क्लबसँगको आफ्नो सम्झौता पाँच बर्षका लागि थप गरेका छन् ।

६ बर्षको उमेर देखि चेल्सीमा रहँदै आएका एन्जोरिनले यो सिजनमा द ब्लुजका लागि दुई खेल पनि खेलिसकेका छन् । उनले काराबाओ कप अन्तर्गत ग्रिम्स्बी बिरुद्धको खेलबाट चेल्सीको पहिलो टिममा डेब्यु गरेका थिए । इङ्गल्याण्ड अण्डर १९ टोलीका मिडफिल्डर एन्जोरिनले गत मार्चमा एभर्टनबिरुद्ध प्रिमियर लिगको खेलमा विलियनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

चेल्सीले एक बिज्ञप्ती जारी गर्दै एन्जोरिनले स्ट्यामफोर्ड ब्रिजमा अर्को पाँच बर्षका लागि रहने जनाए पनि उनलाई के कति रकम खर्च गरिएको भन्ने खुलाएको छैन । एन्जोरिनले पनि चेल्सीसँग नयाँ सम्झौता गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् ।

“यो निकै शान्दार अनुभब हो । म ६ बर्षको हुँदा देखि यसै क्लबमा छु । क्लबले मलाई पाँच बर्षको सम्झौताको लागि प्रस्ताब गर्नु मेरो आफ्नै लागि पनि आश्चर्यजनक हो,” एन्जोरिनले भने । “मैले केहि संकोच नमानी सम्झौता स्विकार गरे किन भने मेरो सानै देखिको सपना भनेको चेल्सीको लागि खेल्नु रहेको थियो र यो मेरो लागि पनि बिशेष हो ।”

एन्जोरिन चेल्सीको एकेडेमीका आठ जना खेलाडी मध्य फ्रान्क लाम्पार्डको टोलीका लागि खेल्न पाउने एक मात्र खेलाडी हुन् । त्यस्तै उनको नजरमा युवा खेलाडीका लागि यो सिजन निकै महत्वपुर्ण हुनेछ किन भने लाम्पार्ड युवा खेलाडीलाई पहिलो टोलीमा संलग्न गराउन प्रतिबद्ध छन् ।

एन्जोरिनले चेल्सीको लागि एभर्टन बिरुद्धको खेलमा समर्थकहरुले उनको समर्थनमा टिनो टिनो टिनो भनेको सुन्दा निकै भाबुक भएको र शुरुवातमा आफ्नो लागि हुटिङ्ग गरेको भनेर बिश्वास पनि गर्न नसकेको बताए ।

Click to comment

Trending