Headline

सचिनलाई सयौं शतकबाट रोकेपछि इङ्गल्याण्ड बलरलाई ज्यान मार्ने धम्की

Published

on

यो घटना सन् २०११ को हो ।

भारतीय टोलीका मास्टर ब्लास्टर सचिन तेन्दुलकरले टेस्ट र एकदिवसीयमा गरेर कुल ९९ शतक प्रहार गरिसकेका थिए । उनले त्यसै बर्ष भारतमा नै भएको विश्वकपका क्रममा दक्षिण अफ्रिका बिरुद्ध शतक प्रहार गर्दै ९९ शतक प्रहार गरे ।

क्रिकेटको इतिहासमा शतकको शतक बनाउने संघारमा रहेका तेन्दुलकर इङ्गल्यान्ड भ्रमणका क्रममा सयौं शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नेमा सबैजना आशावादी थिए । द ओभलमा भएको चौथों टेस्टको दोश्रो पारीमा ९१ रन बनाएका सचिनलाई इङ्गल्याण्डका टिम ब्रेस्ननको बलमा अम्पायर रड टकरले एलबीडब्लु आउट दिए । जसका कारण सचिनले त्यस खेलमा आफ्नो सयौं शतक पुरा गर्न सकेनन् ।

ब्रेस्ननका अनुसार शायद त्यो बल लेग स्टम्प भन्दा बाहिर मोडिएको थियो । तर अम्पायरले पनि आउट दिए । सचिनको विकेट लिए पछि ब्रेस्ननलाई मात्र नभएर अम्पायर टकरलाई समेत ज्यान मार्ने धम्की आउन थाल्यो । यसको खुलासा हालै ब्रेस्ननले गरेका हुन् ।

“त्यस खेल पछि मैलें मात्र हैन अम्पायरलाई पनि ज्यान मर्ने धम्की सहितको मेसेज आउन थाल्यो । मलाई किन अपिल गरेको भन्दै र अम्पायरलाई लेग स्टाम्प भन्दा बाहिर गएको बलमा किन आउट दिइस भन्दै मेसेजहरु आउने गर्दथ्यो,” ब्रेस्ननले भने ।

एक पटक टकरसँगको कुराकानीमा टकरले ज्यान मार्ने धम्की आउन थाले पछि डरले बडीगार्ड नै राख्न थालेको पनि ब्रेस्ननले जनाए । त्यस श्रृंंखलामा आफ्नो एक सयौं शतक पुरा गर्न नसके पनि सचिनले सन् २०१२ मा आयोजना भएको एशिया कपमा बंगलादेश बिरुद्धको खेलमा शतक प्रहार गर्दै शतकको शतक पुरा गरेका थिए ।

Click to comment

Trending