Headline

ला लिगाले यो सिजन नै दर्शकलाई रंगशालामा प्रवेश दिन सक्ने

Published

on

स्पेनिस ला लिगाले यो सिजन दर्शकलाई मैदान प्रवेश गर्न दिने तर्फ सोचिरहेको अध्यक्ष हाभियर टेबासले बताएका छन् ।

स्पेनको क्षेत्रहरु कोरोना भाईरसले मुक्त भएको खण्डमा स्वास्थ्य अधिकारीहरुसँग सल्लाह गर्दै समर्थकहरुलाई रंगशालामा प्रवेश दिने पक्षमा रहेको टेबासले बताएका हुन् । टेबासको अभिव्यक्तिले स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले केही दिन अघि बताएको कुरासँग भने बाझिन पुगेको छ ।

साञ्चेजले एक टोलीले समर्थकको साथ पाउनु र अर्कोले नपाउनु पक्षपाति कार्य हुन सक्ने बताएका थिए । समर्थकहरु रंगशाला फर्किने अनुमती पाउन साथ आउने छन्, टेबासले एक अन्तर्वार्तामा भने । उनले आफुलाई कुनै टोलीले समर्थकको साथ पाउनु र अर्को टोलीले नपाउनु ठूलो समस्या नरहेको पनि बताएका थिए ।

स्पेनले कोरोना भाईरसका कारण गरेको लकडाउनका साथै कफ्र्यु पनि बिस्तारै हटाउदै गइरहेको छ । केही क्षेत्रहरु सुरक्षीत रहेका कारण ला लिगालाई केही रंगशालामा थोरै समर्थकहरुको साथ खेल खेलाउन अनुमती दिन सक्ने छ । दोस्रो डिभिजन क्लब लास पाल्मासले पनि अर्को हप्ता देखी सुरु हुने खेलमा क्यानरी टापुमा दर्शक सहित खेल गराउन चाहन्छ ।

क्यानरी टापु स्पेनको अन्य क्षेत्र भन्दा सुरक्षित रहेको र कोरोना नियंत्रित क्षेत्र मध्ये पर्दछ । स्पेनका अति प्रभावित क्षेत्र भने म्याड्रिड र बर्सिलोना रहेका छन् । तर ललिगा र सरकार बिचमा गरिएको वार्तामा भने अर्को सिजन सुचारु नभए सम्म दर्शकलाई रंगशाला भित्र खेल हेर्न नदिने बिचार गररिएको थियो ।

टेबासले भने अहिले कुनै खेलाडी र टोलीका सदस्यलाई कोरोना नलागेको तर आउने दिनहरुमा भने सचेत हुनु पर्ने बताएका थिए । चिनबाट कोरोना संक्रमण फैलिएपछि स्पेन अति प्रभावित देशहरु मध्ये तेश्रो रहेको थियो तर अहिले भने महामारीलाई नियन्त्रणमा राख्न सफल भएको छ ।

लिगको व्यवस्थापनले पनि संक्रमणको जोखिम कम सबै क्लबले म्याचको समय गर्ने यात्राहरूको निरिक्षण गर्ने बताएको छ । टेबासले यो हप्ता देखी लिग पुन सुचारु हुँदा टिभिमा दर्शकले भर्चुवल दर्शकसहितको आवाज अथवा जस्ताको तस्तै खेल हेर्न मिल्न सक्ने बिकल्प राखेको पनि बताएका छन् ।

भिडियो गेममा जस्तै समर्थकहरुले भर्चुवल रियालिटीको मद्दतले खचाखच दर्शकले भरिएको रंगशालाको अनुभव गर्न पाउने छन् । बिश्वप्रशिद्ध भिडियो गेम निर्माण कम्पनी इए स्पोर्ट्सले यसका लागि काम गरिरहेको छ ।

तीन महिना रोकिएर सुचारु हुन लागेको ला लिगामा पहिलो खेलमा सेभिया र रियल बेटिस भिड्दै छन् । टेबासले रंगशालामा सिमित संख्यामा मात्र खेलकर्मी र पत्रकारहरुलाई उपस्थित हुन अनुमती दिएको पनि बाताए ।

Click to comment

Trending