Headline

रोनाल्डोलाई भन्दा मेस्सीलाई रोक्न गाह्रोः कोम्पानी

Published

on

म्यानचेस्टर सिटीका पुर्व डिफेन्डर भिन्सेन्ट कोम्पानीले लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डोमा कस्लाई रोक्न गाह्रो भन्ने बिषयमा आफ्नो राय दिएका छन् ।

बेल्जियमका पुर्व कप्तान कोम्पानीले धेरै पटक यी दुबै खेलाडीसँग प्रतिद्वन्दी भएर खेलेका छन् । रोनाल्डो र मेस्सीले फुटबलमा आफ्नो दबदबा कयाम राखेको धेरै समय भइसकेको छ । २०१८ मा क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले बालोन डि ओर जितेपनि पछिल्लो १२ बर्षमा यी दुई खेलाडीकै बोलबोला रहेको छ । मेस्सीले ६ र रोनाल्डोले पाँच पटक फुटबलको प्रतिष्ठित पुरस्कार जितेका छन् ।

गोलकर्ताको हिसाबमा पनि यि दुई नै अगाडि देखिन्छन् । कोम्पानीको लागि भने अर्जेन्टाइन मेस्सीलाई रोक्न निकै गाह्रो भएको मान्छन् । “मलाई रोनाल्डो एकदम मनपर्छ र उनको खेल पनि तर यो बिषयमा भने मेस्सीलाई रोक्न निकै गाह्रो छ । तिब्र गतिमा कुद्ने भएर पनि होला मेस्सीलाई रोक्न धेरै गाह्रो छ,” कोम्पानीले भने ।

“मैले रोनाल्डोको बिपक्षी भएर खेलेको छु । उनी म्यानचेस्टर युनाइटेडमा हुँदा निकै उत्कृष्ट थिए । तर अहिले युभेन्टसमा उनी जस्तो खेल्छन् त्यो युनाइटेड र रियल म्याड्रिडमा हुदाको भन्दा फरक छ । व्यक्तिगत रुपमा मलाई रोनाल्डो मनपर्छ तर मेस्सी धेरै खास छन् ।”

रोनाल्डो र मेस्सीले एक आपसमा नखेलेको पनि दुई बर्ष बितिसकेको छ । केही बर्ष अगाडि रियल म्याड्रिड छोडेर इटाली उडेका रोनाल्डोले मेस्सीसँगको मैदानको नियमित दुश्मनीलाई अन्त्य गरेपनि दुई खेलाडीबिच को उत्कृष्ट भन्ने बिवाद अझै पनि जारी नै छ ।

Click to comment

Trending