Headline

बार्सिलोनामै बस्न चाहन्छन् राकिटिच

Published

on

बार्सिलोनाका क्रोएसियन मिडफिल्डर इभान राकिटिचले आगामी सिजन पनि क्याम्प नोउमै बस्ने इच्छा ब्यक्त गरेका छन् ।

सन् २०१४ मा सेभियाबाट १८ मिलियन पाउण्डमा बार्सिलोना आएका राकिटिचले क्लबका लागि २ सय ९९ खेल खेल्दै ३५ गोल गरेका छन् ।

तर सन् २०१९–२० को सिजनमा फ्रांक डि जोङ्ग आयाक्सबाट बार्सिलोना आए पछि भने राकिटिचले खासै खेल्ने अवसर पाएका छैनन् । यस सिजन भने राकिटिचले बार्सिलोनाका लागि १० खेल मात्र खेलेका थिए । बार्सिलोनामा रहदा युरोपको नै उत्कृष्ट मिडफिल्डरको रुपमा स्थापित भएका राकिटिचले चार स्पेनिस ला लिगा र एक पटक च्याम्पियन्स लिगको उपाधि चुम्न सफल भएका छन् ।

३१ बर्षिय राकिटिचको सन् २०२१ मा बार्सिलोनासँगको सम्झौता सकिने छ । त्यस पछि उनी सम्झौता बिहिन रहने छन् भने सेभिया उनलाई पुन फर्काउन आतुर रहेको छ ।
“मैले १०–१५ दिन अघि क्लबसँग कुरा गरेको थिए । यहाँ मेरो सम्झौता सन् २०२१ को सिजन सम्म रहेको छ । त्यसैले पनि धेरै कुरा गर्न पर्ने खासै खाँचो थिएन । तर म क्लबमा रहदै शुरुवाती ११ मा पर्दै खेल्न चाहन्छु,” राकिटिचले भने ।

“मेरी श्रीमती र छोरी पनि यस शहरमा खुशी नै छन् । त्यसैले पनि यहाँबाट अन्यत्र जाने बारेमा सोच्न पर्ने केहि छैन । मेरो अभ्यास पनि राम्रो जाँदैछ र म विश्वस्त छु की राकिटिच बार्सिलोनामा अझै लामो समयसम्म रहने छन् । जब टोलीमा पर्न नसकेको कारण थाहा पाउन सक्नु हुन्न तब पक्कै पनि राम्रो महसुस हुँदैन । तर पनि म प्रशिक्षकको निर्णयलाई सम्मान गर्छु किनकी यो व्यक्तिगत भन्दा पनि सामुहिक खेल हो,” उनले भने ।

Click to comment

Trending