Headline

लिभरपुल बन्यो इङ्गल्याण्डको सबैभन्दा मन पराइएको टोली

Published

on

समय अनुकुल सबै आफ्नो ठाँउमा सहि हुने हो भने लिभरपुलले अबको केही हप्तामै इङ्गलिस प्रिमियर लिगको च्याम्पियन बन्ने छ । उसको लागि ३० बर्षमा त्यो पहिलो लिग उपाधि हुनेछ, लगभग पक्का रहेको यस लथ्यमा औपचारिकता मात्र बाकी रहेको छ भन्दा पनि हुन्छ ।

तर लिभरपुलको सफलता यो बर्ष त्यतिमा मात्र सिमित भने हुदैन । लिभरपुल इङ्गल्याण्डकै सबैभन्दा मन पराइएको टोली बन्न पनि सफल भएको छ । इङ्गल्याण्डको सर्वेक्षण कम्पनी युगोवले भर्खरै गरेको सर्वेक्षणमा लिभरपुल देशकै सबै भन्दा मन पराइएको टोली भएको छ ।

युगोवको सर्वेक्षणले योर्गन क्लोपको टोली ८ दशमलव ३ प्रतिशत भोटका साथ पहिलो भएको हो । लिभरपुलको प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड भने ६ प्रतिशतको साथ दोस्रो भएको छ ।

सर्वेक्षणलाई इङ्गल्याण्ड भरी १६ तरिकामा गरिएको थियो । मानिसहरुको राय बुझ्दै हरेक क्लबको व्यवस्थापक, खेलाडी, प्रशिक्षक र समर्थकलाई सोधेर गरिएको सर्वेक्षणमा लिभरपुल धेरै मन पराइने टोली बनेको हो ।

पहिलो लिभरपुल, दोस्रो म्यानचेस्टर युनाइटेड र चेल्सी ३ दशमलव १ प्रतिशत मतदानका साथ तेश्रो स्थानमा रहेको हो । म्यानचेस्टर सिटी र आर्सनल भने बराबर दुई प्रतिशतका साथ चौथो र पाँचौमा रहेका छन् ।

छैटौंमा १ दशमलव ८ प्रतिशतका साथ टोटन्ह्याम र सातौ उल्भ्स रहेको छ । शिर्ष १० मा न्युकासल युनाइटेड, एस्टन भिल्ला र एभर्टन पर्न सफल भएका छन् ।

Click to comment

Trending