IPL

आईपीएलमा आफु माथि रंगभेद भएको डेरेन स्यामीको खुलासा 

Published

on

वेस्ट इण्डिजका पुर्व कप्तान डेरेन स्यामीले इन्डियन प्रिमिएर लिग (आईपीएल) का क्रममा उनी माथि रंगभेद भएको खुलासा गरेका छन् । उनले आफ्नो सामाजिक संजाल इनस्टाग्राममा पोस्ट गर्दै यसको खुलासा गरेका हुन् ।

४६ बर्षिय अमेरिकन अफ्रिकन जर्ज फ्लोयडलाई केहि दिन अघि अमेरिकन पुलिसले हत्या गरे पछि रंगभेद बिरुद्ध सल्किएको आगो फैलदैं खेलकुदमा पनि प्रवेस गरेको छ । यस बिरुद्ध विभिन्न खेलका खेलाडीहरुले आफ्नो सहमती जनाएका छन् ।

‘म आईपीएलमा सनराईजर्स हैदराबाद खेल्दा मलाई र श्रीलंकाका थिसारा परेरालाई धेरैले ‘कालु’ भनेर बोलाउने गर्दथे । सुरुमा मैलें कालु भनेको बलियो घोडा होला भन्ने लाग्दथ्यो ।तर त्यसको अर्थ अर्कै रहेछ,’ स्यामीले रंगभेद बारेमा यसरी खुलासा गरे ।

तर स्यामीले कसले र कहिले आफु माथि रंगभेद गरेको बारेमा भने केहि पनि भनेका छैनन् ।

त्यस्तै स्यामीले अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) लाई क्रिकेट भलाद्मीहरुको खेल भएको भन्दै रंगभेद गर्ने र यस बारेमा बोल्ने खेलाडीहरुलाई कडा कारबाही गर्न पनि माग गरेका छन् ।

Click to comment

Trending