Headline

बिवादस्पाद आइरिस फाइटरद्वारा ४ बर्षमा तेश्रो पटक सन्यास घोषणा

Published

on

आइरिस फाइटर कोनोर म्याकग्रेगरले युएफसीबाट सन्यास लिएको घोषणा गरेका छन् । उनको सन्यासमा कति दम छ यो भने हेर्न बाकी छ । उनले पछिल्लो चार बर्षमा तेश्रो पटक सन्यासको घोषणा गरेका हुन् ।

केही समय अघि आफैलाई युएफसी इतिहासको दोश्रो महान फाइटर घोषणा गरेका म्याकग्रेगरले ब्राजिलियन एण्डरसन सिल्भालाई भने पहिलो उत्कृष्ट फाइटर बताएका थिए । आफू सर्वकालिन महान बन्नका लागि म्यकग्रेगरले सिल्भासँग एक फाइट खेल्दै उनलाई हराउने भन्दै ट्विट गरेका थिए ।

दुई वेट क्याटेगरी युएफसी च्याम्पियन म्याकग्रेगरले ३१ बर्षको उमेरसम्ममा खेलिएको २६ फाइटमध्ये २२ मा जित हात पारेका छन् । जनवरी २०२० मा लास भेगासमा भएको पछिल्लो फाइटमा उनले अमेरिकी फाइटर ड्याएिल काउबोय सरोनलाई हराएका थिए ।

अक्टागन (युएफसीमा फाइट हुने स्थान) मा तेश्रो पटक फर्किनु अघि उनले २०१६ र २०१९ मा पनि सन्यासको घोषणा गरेका थिए । म्याकग्रेगरले २०१७ मा बक्सिङ्ग आफ्नो भाग्य खोज्दै पाँच पटकका बिश्व बिजेता फ्लोएड मेवेदरसँग रिङ्गमा भिडेका थिए । उक्त खेलमा मेवेदर बिजयी भएका थिए ।

अर्को ट्विटमा मेवेदरले आफू अब मेवेदरलाई हराउन सक्षम रहेको बताउदै अर्को फाइटका लागि आग्रह पनि गरेका थिए । सन्यास लिइसकेका मेवेदरले रिङ्गमा फर्किने योजना बनाए म्याकग्रेगर रिङ्गमा भने उत्रन सक्ने छन् ।

“मैले फाइटिङ्गबाट सन्यास लिने निर्णय गरेको छु । उत्कृष्ट सम्झनाहरुका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु,” म्याकग्रेगरले आइतबार ट्विट गर्दै भनेका छन् । सन् २०१३ मा युएफसीका लागि सम्झौता गरेका म्याकगे्रगर फिदरवेट र लाइटवेटको उपाधि एकै समयमा जित्ने एक मात्र खेलाडी हुन् । तर ती दुवै उपाधिको उनले रक्ष गर्न भने सकेका थिएनन् ।

म्याकग्रेगरलाई पञ्च गर्दै खबिब नुर्मागोमेदोभ

२०१६ को पहिलो सन्यासपछि उनी २०१७ मा रसियन फाइटर खबिब नुर्मागोमेदोभसँग लाइटवेट उपाधिका लागि भिड्न अक्टागनमा फर्किएका थिए । तर खबिबले उनलाई नराम्ररी हराएका थिए । युएफसी इतिहासकै सबैभन्दा घिनलाग्दो दृश्यमा खबिब र म्याकग्रेगरको टोलीबीच लामो समय हानाहान नै भएको थियो । दुई फाइटरहरु उक्त फाइटअघि नै एक अर्काको परस्पर दुश्मन भइसकेका थिए ।

सन् २०१८ मा पार्किङ्गमा रहेको खबिबको टिम बसमा सांघातिक आक्रमण गरेपछि आपराधिक मुद्दा चल्दा म्यकग्रेगरलाई त्यसको सजायस्वरुप क्रोध व्यवस्थापन कक्षा लिदै पाँच दिन सामुदायिक सेवा गर्न पनि भनिएको थियो । भिडियो फुटेजमा देखिए अनुसार खबिब, उनको टिम र अन्य युएफसी फाइटरहरु रहेको बसमा उनले रेलिङ्गले लगातार प्रहार गरेका थिए ।

मार्च २०१९ मा एक फ्यानले फोटो खिच्न खोच्दा उनले मोबइल खोस्दै भुइमा फालेर फुटाइदिएपछि उनलाई मायामीमा पक्राउ पनि गरिएको थियो । म्याकग्रेगरले पिडित फ्यानसँग अदालत बाहिर सहमति गरेपछि उनीमाथिको त्यो मुद्दा पछि खारेज गरिएको थियो ।

Click to comment

Trending