Headline

डिनरमा वाइन रोज्दा मेस्सी वा रोनाल्डो हुन सकिनः विज्ली स्नाइडर

Published

on

नेदरल्याण्ड्सका विज्ली स्नाइडरको करिअर निकै प्रभावशाली थियो । सन्यासपछि सन्तोषजनक जीवन बिताइरहेका स्नाइडर भने आफू बिगतमा अझै राम्रो फुटबलर हुन सक्ने बताउछन् ।

क्रिष्चियानो रोनाल्डो वा लियोन मेस्सी बन्न भने उनलाई एउटै कुराले मात्र रोकेका थियो जसलाई उनले यसरी परिभाषित गर्छन्:

“म मेस्सी वा रोनाल्डो हुन सक्थे । यो मैले कहिल्यै मैले महसुस नै गरिन । मैले आफ्नो जिन्दगीमा धेरै रमाइलो गरे । शायद डिनरमा एक ग्लास वाइन पिए । लियो र क्रिष्चियानो फरक छन् । उनीहरुले (आफ्नो जिन्दगीमा) धेरै बलिदान दिएका छन् ।”

इटालियन पत्रकार जियालुका डि मार्जियोलाई स्नाइडरले केही दिन अघि दिएको यो अभिव्यक्तिलाई निकै बोल्ड रहेको मान्न सकिन्छ किनभने उनको तुलनामा रोनाल्डो र मेस्सीले बिश्वकप नभएपनि आफ्नो खेलबाट बिश्व नै जितेका छन् । रोनाल्डो र मेस्सीले संयुक्त रुपमा बिश्वकै प्रतिष्ठित फुटबल पुरस्कार बालोन डि ओर संयुक्त रुपमा ११ पटक जितेका छन् । त्यसमा मेस्सी एक उपाधिले अगाडी रहेका छन् ।

दुवै खेलाडीहरुसँग च्याम्पियन्स लिग, स्पेनिस ला लिगा उपाधिको पनि थुप्रो रहेको छ । गत बर्ष सन्यास लिएका स्नाइडरको करिअर पनि राम्रै मानिन्थ्यो । डच लिग पाँच पटक जितेका उनले ला लिगा र इटालियन सिरी आ १–१ पटक जितेका छन् भने एक पटक बिश्वकपको फाइनल खेलेका छन् । तर उनको तुलनामा मेस्सी र रोनाल्डो फुटबल संसारमा हरेक घरमा स्थापित मात्र भएका छैनन्, बिश्वकै उत्कृष्ट खेलाडीमा पनि पर्दछन् ।

टर्किस क्लब गालातासारेमा केही सिजन बिताएका स्नाइडरले फ्रेञ्च लिग वानको टोली निसमा एक बर्ष खेलेपछि उनले सन्यास लिएका थिए । ३५ बर्षिय स्नाइडरले डि मार्जियोलाई दिएको अभिव्यक्तिमा केही प्रतिशत ठट्टा त पक्कै होला तर उनले वाइन रोज्दैमा रोनाल्डो वा मेस्सी हुन नसकेको आरोप भने लाउन मिल्दैन ।

Click to comment

Trending