Headline

कर्फ्यु तोड्दै आधा रातमा रक्सी पिउन गएपछि खेलाडीहरु ६ महिना निलम्बनमा

Published

on

चिनले कोरोना भाइरस न्युनिकरणका लागि लगएको कर्फ्यु तोड्दै मध्यरातमा रक्सी पिउन जाने आफ्नो अण्डर १९ राष्ट्रिय टोलीका ६ खेलाडीहरुलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ ।

सांघाइमा मे १७ देखि शुरु भएको ३५–सदस्यीय अण्डर १९ प्रशिक्षण शिविर शनिबार समाप्त भएको थियो । “महामारि नियन्त्रणका लागि अपनाइएको उपायहरुको ख्याल नगरिदिदा यसले पुरै टिममाथि नै नकारात्मक असर परेको छ,” चिनिया फुटबल संघका एक अधिकारीले सिन्ह्वा समाचार संस्थालाई बताएका छन् ।

६ जना खेलाडीहरुले नोभम्बर ३० सम्म चिनिया टोलीका लागि खेल्न सक्ने छैनन् । उनीहरुलाई अब आ–आफ्नो क्लबले पनि कारवाही गर्नेछ । चिनमा खेलाडीहरुको लागि लडिदिने कुनै पनि कानुनी संस्था नभएकाले उनीहरुले यो निर्णयबिरुद्ध अपिल गर्न पाउने वा नपाउने केही स्पष्ट भने छैन ।

“उनीहरुले यो परिस्थितीको गम्भिर्यतालाई राम्ररी बुझिसकेका छन् । यो टिम संरचनाको लागि ठूलो धक्का हो र निर्णयले खेलाडीहरुमा पनि नराम्रो असर गर्ने तय छ,” प्रमुख प्रशिक्षक चेङ याओडोङले बताएका छन् । आसन्न ओलम्पिक्सको तयारीका लागि राम्रो तयारी गर्नका लागि अण्डर १९ टोलीले अब आउने सिजनमा चिनिया तेश्रो डिभिजनको फुटबल लिग खेल्न गइरहेको छ ।

चिन खेलकुदमा सबैभन्दा कडा नियम अवलम्बन गर्ने राष्ट्रहरु मध्ये पर्ने गर्दछ ।

Click to comment

Trending