Headline

बायर्नको शान्दार फर्म कायम, लाइपजिग चुक्यो

Published

on

एक गोलले पछि परेको स्थिती उल्टाउदै तीन मिनेटको अन्तरालमा दुई गोल गरेपछि बायर्न म्युनिखले बायर लेभरकुसनलाई ४–२ गोल ले पराजित गरेको छ ।

जितसँगै बायर्नले दोश्रो स्थानको बोरुसिया डर्टमण्डसँग १० अंकको दुरीलाई कायम राखेको छ । अर्को खेलमा आरबी लाइपजिग पेडरबर्नसँग १–१ गोलको बराबरीमा रोकिएपछि दोश्रो स्थानमा जाने मौका गुमाएको थियो । जितसँगै बायर्नले लगातार आठौं उपाधि तर्फ अर्को कदम बढाएको छ । लाइपजिग ५९ अंक सहित तेश्रो स्थानमा रहेको छ ।

पहिलो लेगमा बायर्नलाई अरायन्ज अरिनामा लियोन बेलीको दुई गोलको मद्दतमा २–१ ले हराएको लेभरकुसनले १० औं मिनेटमा लुकास अलारियो गोल मार्फत अग्रता लिएपछि अर्को स्तब्धपूर्ण नतिजा निकाल्ने अपेक्षा गरिएको थियो । तर बायर्नका लागि २७ औं मिनेटमा किंग्स्ली कोमनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

दोश्रो हाफ सकिनुअघि लियोन गोरज्का र सर्जि नाब्रीले बायर्नलाई फराकिलो अग्रता दिलाए भने दोश्रो हाफमा रोबर्ट लेवान्डोस्कीले अर्को गोल थपेका थिए । खेल सकिन एक मिनेट बाकी हुदा फ्लोरियन विजले लेभरकुसनका लागि सान्त्वना गोल फर्काए ।

गोरेज्काले थोमस मुलरको पासमा उत्कृष्ट गोल गरेका थिए । लेभरकुसनको तीन डिफेन्डरको रणनीतिलाई ध्वस्त पार्ने क्रममा नाब्रीले ४५ औं मिनेटमा बायर्नलाई ३–१ को अग्रता दिलाएका थिए ।

६६ औँ मिनेटमा लेवानडस्कीले मुलरकै क्रसमा उत्कृष्ट हेडिङ गोल गरेका थिए । योसँगै मुलरको लिगमा असिस्ट संख्या २० पुगेको छ भने लेवानडस्कीले ३७ औं गोल गर्न भ्याएका छन् ।

लाइपजिगलाई घरेलु मैदानमा प्याट्रिक सिकले अग्रता दिलाए पनि अतिरिक्त समयमा त्रिष्चियन स्ट्रोडिएकले बराबरीको गोल गरेका थिए । अन्य खेलमा माइन्जले एन्ट्रयाच्ट फ्रांकफर्टलाई २–० ले हरायो भने फोर्चुना डसेलडर्फले होफेन्हाइमलाई २–२ गोलको बराबरीमा रोकेको थियो ।

Click to comment

Trending