Headline

विश्वकपका लागि कतारको तेश्रो रंगशाला पनि तयार

Published

on

सन् २०२२ मा कतारमा आयोजना हुने फुटबल विश्वकपका लागि तेश्रो रंगशाला पनि तयार भएको कतारको सरकारी समाचार माध्यमले जनाएको छ ।

एजुकेसन सिटी ग्राउण्ड नाम रहेको उक्त रंगशालामा ४० हजार दर्शक क्षमता रहेको छ । उक्त रंगशालाले यसै बर्षको डिसेम्बर १८ तारिखका दिन क्लब विश्वकपको फाइनल खेल पनि खेलाउने छ । रंगशालाको वरिपरी युनिभर्सिटी र रिसर्च कलेजहरु रहेकाले यसको नाम एजुकेसन सिटी ग्राउण्ड राखिएको हो ।

यो रंगशालामा विश्वकपका क्वार्टर फाइनल सम्मका खेलहरु आयोजना हुनेछन् । यस रंगशालामा प्रयोग भएका २० हजार सिट विश्वकप पछि बिकासन्मोख राष्ट्रहरुमा रंगशाला निर्माणका लागि सहयोग गरिने छ ।

विश्वकपका लागि कुल आठ रंगशाला निर्माण गर्न लागेको कतारले यस अघि ४० हजार क्षमताको अल–जनौब रंगशाला निर्माण गरिसकेको छ भने खलिफा अन्तराष्ट्रिय मैदानलाई पुर्ननिर्माण गरेको छ ।

Click to comment

Trending