Headline

ग्रिजमनको अमेरिकामा करिअर सक्काउने चाहना

Published

on

बार्सिलोना र फ्रान्सका फरवार्ड एन्टेनियो ग्रिजमनले अमेरिकाको मेजर लिग सकर (एमएलएस) खेल्ने इच्छा ब्यक्त गरेका छन् । तर उनले अहिले नै बार्सिलोना नै छोड्न लागेका भने होइनन् ।

ग्रिजमन आफ्नो सकृय खेल जीवन सकिनु अघि अमेरिका गएर खेल्न चाहन्छन् । पछिल्लो केही समय अमेरिकन लिग नयाँ नाम भने रहेको छैन । मेजर लिग सकर स्थापित खेलाडीहरुको लागि तिर्थ यात्रा जस्तै भएको छ भने उदीयमान खेलाडीहरुको लागि एकेडेमी ।

इङ्गल्याण्डका पुर्व कप्तान तथा चर्चित फुटबलर डेभिड बेकह्यामले लस एन्जलस ग्यालेक्सीबाट एमएलएस खेलि सकेका छन् भने त्यही लिगमा आफ्नै टिम पनि बनाउन गइरहेका छन् । बेकह्यामले क्रिष्चियानो रोनाल्डो र लियोनल मेस्सीलाई पनि अमेरिका लाने इच्छा व्यक्त गर्दै आएका छन् ।

इङ्गल्याण्डकै वेन रुनी, फ्रांक लाम्पार्ड, स्विडेनका ज्लाटन इब्राहिमोभिच, फ्रान्सका थिएरी हेन्री र इटालीका आन्द्रे पिर्लो पनि एमएलएस खेलेका अन्य केही ठूला नामहरु हुन् । यसै सिजन म्यानचेस्टर युनाइटेड तथा मेक्सिकन स्टार जाभियर हर्नान्डेजले एलए ग्यालेक्सी र टोटनह्यामका भिक्टर वान्यामाले मोन्ट्रियाल इम्प्याक्टमा अनुबन्ध भएका छन् ।

२९ बर्षिय ग्रिजमनको बार्सिलोनासँगको सम्झौता सन २०२२ मा सकिदै छ र उनले पनि आफ्नो मन र भविष्य अमेरिकामा नै देखेको हुनसक्छ ।  ग्रिजमनले अमेरिकाको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा अहिलेको आफ्नो लक्ष्य बार्सिलोनाबाट स्पेनिस ला लिगा र च्याम्पियन्स लिग जित्नु रहेको जनाएका थिए । २०२१ मा आयोजना हुने युरो कप र २०२२ मा कतारमा हुने विश्वकप पछि एमएलएसका बारेमा सोच्ने ग्रिजमनले बताए ।

“कुन टोली मलाई थाहा छैन । तर म साच्चै नै एमएलएस खेल्न चाहन्छु । मेरो इच्छा भनेको म आफ्नो खेल जीवन नै अमेरिकन लिगबाट अन्त्य गर्न चाहन्छु । त्यहा राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाउन महत्वपुर्ण भुमिका निर्बाह गर्ने धोको समेत रहेको छ,” ग्रिजमनले भने ।

ग्रिजमनले पहिलो पटक अमेरिकन लिग खेल्ने चाहना व्यक्त गरेका होइनन् । सन् २०१८ मा पनि उनले अमेरिकामा खेल्ने कुराले आकर्षित गरेको बताएका थिए ।

Click to comment

Trending