Headline

खेलकुद मन्त्रीले एन्फासँग १७ करोड रुपैया खाएको आरोप

Published

on

समाजवादी पार्टीका सांसद प्रदिप यादव

एकपछि अर्को गर्दै समस्याको चक्रमा घेरिएका अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाबिरुद्ध अर्को आपत आइलागेको छ । तराईमा राष्ट्रियताको भावना नभएको भन्दै अभिव्यक्ति दिएका शेर्पासँगै यसपटक युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्मा पनि बिवादमा तानिएका छन् ।

आर्थिक बर्ष २०७७–८८ का लागि प्रस्तुत भएको बजेटमाथिको छलफलका लागि बोलाइएको बैठकमा बोल्दै पर्साका सांसद प्रदीप यादवले मन्त्री बिश्वकर्माले एन्फाबाट १७ करोड रुपैया खाएको आरोप लगाएका छन् । बैठकमा मन्त्री बिश्वकर्मा आफै उपस्थित रहेका थिए ।

यादव समाजवादी पार्टीका सांसद हुन् । यादवले बिश्वकर्माले फुटबलको सर्वोच्च निकायबाट त्यो पैसा किन र के का लागि लिए यो भने भनेका छैनन् । शेर्पाले अनलाइन पोर्टललाई दिइएको एक अन्तर्वार्तामा बिखण्डनकारी अभिव्यक्ति दिएको भन्दै उनलाई निलम्बन गर्दै कडा कारवाही गर्न माग पनि गरेका छन् ।

उहाले सेनाको मार्फत तराईका मानिसहरुलाई राष्ट्रियता सिकाउनु पर्ने भन्नु भएको छ । सेना हाम्रो पवित्र संस्था हो । सेनालाई पनि मुछेर के गर्न खोज्नु भएको ? त्यस्तो अभिव्यक्ति दिने शेर्पालाई कानुनी कठघरामा ल्याइनु पर्छ । उहाँले मधेशीको अपमान गर्नु भएको छ, यादवले भने ।

शेर्पाले दुई दिन अघि एक बिज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिका लागि माफि पनि मागिसकेका छन् । तर शेर्पा भने निरन्तर समस्याको भुमरीमा फस्दै गएका छन् । उनीबिरुद्ध उनकै उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले फिफामा उजुरी समेत दिएका छन् ।

Click to comment

Trending