Headline

लिभरपुलले भित्र्याउला त डेम्बेलेलाई ?

Published

on

च्याम्पियन्स लिग बिजेता लिभरपुलले बर्सिलोनाका ओसमाने डेम्बेलेलाई लोनमा भित्र्याउने प्रयास शुरु गरेको छ ।

डेम्बेलेलाई लिभरपुलले आफ्नो अग्रपंक्तिका लागि लिने तयारी गरिरहेको बिभिन्न सञ्चारमाध्यमहरुले अपुष्ट समाचार तयार पारेका छन् । २०१७ मा बोरुसिया डर्टमण्डबाट १३५ दशमलव ५ मिलियन युरोमा बार्सिलोना आएका डेम्बेलेले स्पेन आएदेखि उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।

यो सिजनको आधा भन्दा बढी खेल ह्याम्स्ट्रिङ्ग इन्जुरीले गुमाएका डेम्बेले कुनै पनि समय पुरै सिजन खेल्न सकेका छैनन् । ला लिगाको ठूलो टोली बार्सिलोनालाई कोरोना भाईरसले गर्दा ठूलो आर्थिक संकट परिरहेको हुँदा उसले आफ्नो स्टार खेलाडीहरु बेच्न पनि पछि नपर्ने स्थिती आएको छ ।

डेम्बेले बार्सिलोनाले बेच्नका लागि तयारी अवस्थामा रहेका खेलाडी हुन् । स्रोतका अनुसार २३ बर्षिय डेम्बेलेलाई लिभरपुलले राम्रो प्रस्ताव राखेको छ । डेम्बेलेले पनि आफ्नो भविष्य बारे बार्सिलोनामा कुरा गरिसकेका छन् । उनले क्लब तत्काल छोड्न नचाहेको र लिभरपुलले लोनमा अनुबन्धन गर्दै पछि उनको स्थानान्तरण स्थायी गर्नका लागि च्याम्पियन्स लिगले कुरा अगाडी बढाउन गइरहेको छ ।

डेम्बेलेलाई इटालियन च्याम्पियन युभेन्टसले पनि क्लबको विङमा रहेको समस्या समाधान खोज्दै भित्र्याउन चाहिरहेको छ । २०२१ जनवरीमा मोहमद सलाह र सादियो माने अफ्रिकन नेशन्स कप खेल्न गाएको अवस्थामा लिभरपुललाई अग्रपंक्तिमा समस्या हुन नदिन व्यवस्थापक योर्गन क्लोपले डेम्बेले भित्र्याउन चाहिरहेको खबर बेलायती सञ्चार माध्यमहरुलमा आएको छ ।

सिजनको शुरुवातमै चोट बोकेका डेम्बेलेको नाम बर्सिलोनाको टोलीबाट झिकिएको थियो र अब आउने खेलमा पनि नाम दर्ता नभएका कारण उनले बाँकी खेल गुमाउने छन् ।

Click to comment

Trending