Headline

लाइपजिग स्टार टिमो वेर्नर चेल्सीमा

Published

on

चेल्सीले नयाँ सिजनका लागि जर्मन बुन्डेसलिगा टोली आरबी लाइपजिगका स्टार टिमो वेर्नरलाई अनुबन्ध गर्ने भएको छ ।

हकिम जियेचलाई लिइसकेको चेल्सीका लागि वेर्नर यो ट्रान्सफर विन्डोमा दोश्रो अनुबन्धन हुने भएका छन् । कोरोना भाइरसका कारण इङ्गलिस प्रिमियर लिग क्लबहरुलाई आर्थिक संकट भएपनि चेल्सीले दुई खेलाडी भित्र्याउने भएको हो । यसअघि चेल्सीले फ्रेञ्च फर्वार्ड आलिभर जिरुडलाई पनि नयाँ सम्झौता थमाएको थियो ।

लाइपजिगले वेर्नरका लागि ५३ मिलियन पाउण्ड रिलिज क्लज राखेपछि अर्को प्रिमियर लिग क्लब लिभरपुलले भने आफ्नो हात पछाडी तानेको थियो । वर्नेरलाई अब चेल्सीले प्रति हप्ता दुई लाख पाउण्ड खर्च गर्ने भएको छ । वर्नरले यो सिजन लाइपजिगका लागि २५ गोल गरेका छन् भने क्लब बुन्डेसलिगाको तेश्रो स्थानमा कायम रहनुमा उनको प्रमुख योगदान रहेको छ ।

जर्मनीका लाथि २९ खेलमा ११ गोल गरिसकेका वेर्नरले माइन्जबिरुद्ध ५–० को जितमा ह्याट्रिक गरेका थिए भने लाइपजिगले क्रिसमसअघि त्यही टिमलाई ८–० ले हराउदा पनि तीन गोल गरेका थिए । स्टुटगार्टबाट २०१६ मा लाइपजिग आए देखि नै वेर्नर लाइपजिग टोलीको महत्वपूर्ण हिस्सा बन्दै आएका छन् ।

चेल्सी व्यवस्थापक फ्रांक लाम्पार्डले जनवरीमा पेरिस सेन्ट जर्माइनका फर्वार्ड एडिन्सन काभानी र नापोलीका ड्रायस मेर्टेन्सलाई लिनका लागि गृहकार्य गरेपनि दुवै सम्झौता हुन सकेको थिएन ।

Click to comment

Trending