Headline

प्रिमियर लिग फर्कन इच्छुक छैनन् ग्यारेथ बेल

Published

on

वेल्स स्ट्राइकर ग्यारेथ बेलको स्पेनिस ला लिगामा भविष्यलाई लिएर शंका उब्जिरहेको समय उनका एजेन्ट जोनाथन बार्नेटले उनी इङ्गलिस प्रिमियर लिगमा नफर्कने बताएका छन् ।

रियल म्याड्रिड समर्थक र प्रशिक्षक जिनेदिन जिदानसँग बिग्रिएको सम्बन्धका कारण बेललाई लगातार म्याड्रिड छोड्दै प्रिमियर लिग खेल्न गइरहेको चर्चासँग जोडिएको छ । तर बार्नेटले ३० बर्षिय बेल स्पेनको जीवनशैलिमा रमाइरहेको र इङ्गल्याण्ड फर्किने नचाहेको बताएका छन् ।

“बेलले रियलमा अहिले हप्ताको ६ लाख पाउण्ड लिने गरेका छन् र यदि प्रिमियर लिगमा फर्किने हो भने कोरोना भाइरसले निम्त्याएको आर्थिक मन्दिका कारण उनले ठूलै रकम गुमाउने तय छ । उनको अहिलेको मुल्य कति छ मलाई थाहा छैन । उनको अहिलेको तलब धेरै माथि छ र उनी कहा जान्छन् यो उनको जिन्दगीको लागि नै महत्वपूर्ण कुरा हो । उनलाई कति दिने हो यो क्लबहरुको निर्णय हो,” बार्नेटले भने ।

“उनी अहिले म्याड्रिडमा निकै खुशी छन् र जीवनशैली पनि एकदम राम्रो छ । बेलले म्याड्रिड बाहिर करिअर देखेका छन् भन्ने मलाई लाग्दैन,” बार्नेटले थपे । कोरोनाका कारण फुटबल स्थगित हुन अघि बेलले २०२० मा रियलका लागि मात्र चार खेलमा शुरुवाती एघारमा खेलेका छन् ।

बढी खेल्ने समय पाउने भएकाले प्रिमियर लिगले बेललाई लोभ्याउने त होइन नि भन्ने प्रश्नमा बार्नेट भन्छन्ः “होइन । उनले खोजेको जीवन उनी चाहन्छन् र त्यो स्पेनमा छ । आर्थिक रुपमा अब उनले बाकी रहेको जीवनका लागि केही चाहदैनन, उनको बच्चा र आउदो पिढीले पनि । उनले बिश्वकप बाहेक सबै जितिसकेका छन् । प्रिमियर लिगमा फर्किएर खेल्नु ठूलो कुरा हो र त्यो उनी गर्न चाहदैनन् ।”

Click to comment

Trending