Headline

सन् २०२२ को एसिया कप भारतमा हुने

Published

on

भारतले सन् २०२२ को महिला एएफसी एसिया कप आयोजना गर्ने भएको छ ।

महिला एसिया कप आयोजना गर्नका लागि भारत बाहेक चाईनिज ताईपे र उज्बेकिस्तानले पनि आबेदन दिएका थिए । तर एशियाली फुटबल महासंघले भारतलाई आयोजना अधिकार सुम्पेको हो । सन् १९८० मा महिला एसिया कप आयोजना गरेको भारतले ४२ बर्ष पछि अर्को अवसर पाएको छ ।

२०२२ को डिसेम्बर अन्त्यबाट शुरु हुने प्रतियोगिता जनवरी २०२३ मा सकिने छ । प्रतियोगिता अहमदाबाद र मुम्बईमा आयोजना गरिने भएको हो ।

गत फेब्रुवरीमा नै एएफसी महिला कमिटीले भारतलाई सन् २०२२ को एसिया कप आयोजना गर्नका लागि सिफारिस गरेको थियो भने एएफसीले बिहिबार यसमा निर्णय लिएको हो । भारतले अण्डर १७ फुटबल बिश्वकपको पनि सफलतापुर्वक आयोजना गरिसकेको छ ।

यस अघि भारत सन् १९८० र १९८३ मा उपबिजेता भएको थियो भने सन् १९८१ मा तेश्रो स्थान हात पारेको थियो । त्यस्तै भारतले एएफसी महिला एसिया कपमा पछिल्लो पटक सन् २००३ मा सहभागिता जनाएको थियो । भारतले आयोजना गर्ने एशिया कपमा आठबाट वृद्धि गरेर १२ टोलीको सहभागिता गराइने छ ।

Click to comment

Trending