Headline

रुबेन डायसमा १ सय मिलियन खर्चन तयार थियो सिटी

Published

on

पोर्चुगल तथा बेनफिका डिफेन्डर रुबेन डायसलाई इङ्गलिस टोली म्यानचेस्टर सिटी १ सय मिलियन युरोमा समर विन्डोबाट भित्र्याउन चाहेको इएसपिएनले उल्लेख गरेको छ ।

बेनफिकाका अध्यक्ष लुइस फिलिपे भिएराले बेनफिका टिभीलाई अन्तर्वार्ता दिदै समर विन्डोमा दुई खेलाडी बेचेरै दुई सय मिलियन युरो कमाउने मौका रहेको बाताएका थिए । उनले खेलाडीको नाम भने खुलाएका थिएनन् ।

कोरोना भाईरसले फुटबल नरोकेको भए बेनफिकाले दुई खेलाडी बेचेर दुई सय मिलियन युरो क्लबमा भित्र्याउने थियो । तर अहिले भने हामीसँग त्यो योजना छैन, फिलिपेले अन्तर्वार्तामा भनेका छन् ।

फिलिपेले डायसको नाम नलिएपनी २३ बर्षिय डिफेन्डर नै दुई मध्ये एक खेलाडी रहेको बिभिन्न स्रोतले जनाउदै आएका छन् । बेनफिकाको रक्षापंक्तिको खम्बा मानिएका डायसले क्लबका लागि यो सिजन ३९ खेल खेलिसकेका छन् ।

तर अहिलेको स्थितीमा क्लबहरुको खराब आर्थिक अवस्थाका कारण अब आउने ट्रान्सफर विन्डोहरुमा क्लबले एउटा खेलाडीलाई मात्र थुप्रो पैसा खर्च गर्ने छैनन् । कोरोना भाईरसका कारण धेरै क्लबले ठूलो घाटा बेहोरेको रिपार्ट समेत सार्वजनिक गरिकेका छन् ।

Click to comment

Trending