Headline

इतिहासमा आजः शेन वार्नको ‘बल अफ द सेञ्चुरी’

Published

on

बिश्व क्रिकेटमा शेन वार्नको प्रवेश भएको एक बर्षमात्र भएको थियो । सन् १९९३ मा इङ्गल्याण्डबिरुद्धको ६ टेस्टको एसेज श्रंखलाका लागि अष्ट्रेलियालाई निकै बलियो आकिएको थियो ।

ओल्ड ट्राफोर्डमा भएको पहिलो टेस्टको पहिलो दिन अष्ट्रेलियाले पहिलो इनिङ्गसमा मार्क टेलरको शतकको मद्दतमा २ सय ८९ रन बनायो । दोश्रो दिन, अर्थात जुन ४ मा, कप्तान एलन बोर्डरले २३ बर्षिय वार्नलाई बल थमाए । क्रिजमा थिए निकै अनुभवी ब्याट्स्म्यान माइक ग्याटिङ्ग ।

बर्षातका कारण ओसिलो रहेको पिचमा कतै–कतै मसिनो धाजा फाटेको थियो । वार्न इङ्गलिस भुमिमा आफ्नो पहिलो बलका लागि तयार भए । ओभर दि विकेट बलिङ्ग गर्दै लेग स्टम्पको धेरै बाहिर ड्रप गराएको उनको बलले दिशा बदल्दै ग्याटिङ्गको अफ स्टम्पको टुप्पोमा लाग्यो । ग्याटिङ्ग स्तब्ध भए, त्यो बललाई बुझ्नु अघि नै उनी बोल्ड भइसकेका थिए ।

पछि त्यो बललाई २० औं शताब्दीकै बल अफ द सेञ्चुरी नाम दियो । वार्नको बल अफ द सेन्चुरी क्रिकेट समर्थकहरुको दिमागमा निकै लामो समयसम्म रहन पुग्यो । सामान्य बलरदेखि वार्नले त्यही दिन लेग स्पिन लिजेण्डको रुपमा पहिलो पाइला चालेका थिए । वार्न उक्त खेलमा दुवै इनिङ्गसमा ४–४ विकेट लिदै म्यान अफ द म्याच पनि घोषित भए ।

अष्ट्रेलियाले पहिलो टेस्ट १ सय ७९ रनले मात्र जितेन, इङ्गल्याण्डलाई उसकै भुमिमा भएको श्रृंखलामा ५–१ ले पनि हराएको थियो । श्रंखलामा वार्नले सर्वाधिक ३४ विकेट पनि लिएका थिए ।

बोल्ड भएपछि रनभुल्लमा परेका ग्याटिङ्ग

बल अफ द सेञ्चुरीबारे के भन्छन् ग्याटिङ्ग ?

त्यो बल पछि हेर्दा मलाई सामान्य बल जस्तो लागेको थियो । शायद मैले स्विप गरेर खेलेको भए आउट हुने थिइन । तर त्यो साच्चिकै उत्कृष्ट बल थियो । त्यो क्षण खेलको प्रमुख हाइलाइट मध्ये एक मात्र नभएर इतिहासकै एक अध्याय थियो । त्यो इतिहास क्रिकेटका उत्कृष्ट बलर शेन वार्नको नाममा रहन गयो ।

त्यो बलपछि वार्नले के भने ?

म त्यो समय २३ बर्षको थिए । हामी बसेको लण्डनको वेस्टबरी होटलबाट केही पर मात्र रहेको विन्डमिल पबमा म र मर्भ (ह्युजेज) गएका थियौं । जब हामी बाहिर निक्लियौं त्यहा २५ देखि ३० जना फोटोग्राफरहरुले हाम्रो तस्विर लिइरहेका थिए । भोलिपल्ट शेन वार्न पबमा थिए भनेर समाचार आयो । मैले के लगाइरहेको थिए भनेर आलोचना पनि भयो । शेन वार्नबारे १० कुरा जुन तपाईलाई थाहा नहुन सक्छ भनेर पनि लेखियो । कति त यस्ता थिए जसको बारेमा म आफैलाई पनि थाहा थिएन ।

 

Click to comment

Trending