Headline

पिएसजीका १७ बर्षिय डिफेन्डर लिन रियल म्याड्रिड आतुर

Published

on

स्पेनिस क्लब रियल म्याड्रिडले फ्रेन्च लिग वान बिजेता पेरिस सेन्ट जर्माइन (पिएसजी) का १७ बर्षिय डिफेन्डर ट्यानगाइ कुवासीलाई आफ्नो क्लबमा अनुबन्धन गर्ने इच्छा देखाएको छ ।

कुवासीको पिएसजीसँगको सम्झौता यसै सिजन सकिंदै छ र फ्रेन्च क्लब पनि उनीसंग नयाँ सम्झौता गर्ने पक्षमा नरहेका कारण रियलले उनलाई लामो समयका लागि भित्र्याउन खोजिरहेको छ । कुवासीको सम्झौता सकिए लगत्तै फ्रि ट्रान्सफरमा अनुबन्धन गर्न मिल्ने भएका कारण पनि रियलले उनीमाथि आखा लगाएको हो ।

रियलले कुवासीलाई कप्तान सर्जियो रामोसको स्थानको लागि हेरिरहेको छ । रामोसको अर्को सिजनको अन्त्यसंगै रियल म्याड्रिडसँगको सम्झौता सकिन गइरहेको छ । अर्को सम्झौताका लागि रियल र रामोसबीच कुनै पनि वार्ता शुरु नै नभएको पनि बताइउको छ ।

कुवासीलाई आँखा लगाइरहेको रियल एक मात्र क्लब भने होइन । युरोपका अन्य धेरै क्लबहरुले पनि उनलाई लिन सकिन्छ की भनेर आफूलाई तौलिरहेका छन् । ती मध्ये बार्सिलोना र च्याम्पियन्स लिग बिजेता लिभरपुल पनि रहेका छन् ।

कुवासीले पिएसजीको पहिलो टोलीमा अघिल्लो बर्ष डेब्यु गरेका थिए भने उनले सबै प्रतियोगिता गरेर क्लबका लागि १२ खेल खेलिसकेका छन् । उनले लिग वानमा खेलेको ६ खेलमा तीन गोल गरिसकेका छन् ।

Click to comment

Trending