अन्तर्राष्ट्रिय

कप्तान नियुक्त भए पछि पहिलो पटक टेस्ट गुमाउँदै जो रुट

Published

on

सन् २०१७ मा पहिलो पटक इंग्ल्यान्डको  कप्तान नियुक्त भएका जो रुटले पहिलो पटक टेस्ट म्याच गुमाउने भएका छन् । रुटले वेस्ट इण्डिज बिरुद्ध जुलाई आठबाट सुरु हुने पहिलो टेस्ट म्याच गुमाउने भएका हुन् ।

रुट आफ्नो दोश्रो सन्तानको जन्म हुने भएका कारण पहिलो टेस्ट गुमाउन लागेका हुन् । उनकी श्रीमतीले जुलाईको पहिलो सातामा बच्चालाई जन्म दिने भएका कारण पहिलो टेस्ट नखेल्ने भएका हुन् ।

कोरोना भाइरसका कारण इंग्ल्यान्डमा भएको लकडाउन पछि इंग्ल्यान्डले पहिलो पटक वेस्ट इण्डिजको सामना गर्दैछ । कोरोना अघि नै तय भएको शृंखला अन्तर्गत तीन टेस्ट खेलको लागि वेस्ट इण्डिजले इंग्ल्यान्डको भ्रमण गर्न लागेको हो ।

इंग्ल्यान्डमा जुलाई एक तारिख सम्म का लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाइएको छ । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले केहि दिन सार्वजनिक गरेको खेल तालिका अनुसार  पहिलो टेस्ट दि एजिज बाउलमा हुनेछ भने दोश्रो र तेश्रो टेस्ट क्रमश जुलाई १६ र २४ मा ओल्ड ट्राफोर्डमा हुनेछ ।

इंग्ल्यान्डले ५५ जना खेलाडीलाई राखेर प्रशिक्षण सुरु गरेको छ भने वेस्ट इण्डिजले इंग्ल्यान्ड भ्रमणका लागि हिजो मात्र आफ्नो टोलीको नाम सार्वजिनक गरेको थियो ।

Click to comment

Trending