Headline

इङ्गल्याण्ड जाने टोलीबाट वेष्ट इण्डिजका तीन खेलाडीले कोरोनाको डरले नाम फिर्ता लिए

Published

on

कोरोना भाइसरको त्रासका कारण वेष्ट इण्डिजका तीन खेलाडीले इङ्गल्याण्डका लागि भ्रमण गर्ने टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

ब्याट्स्म्यानद्वय सिम्रोन हेटमायर र ड्यारेन ब्राभोसँगै अल राउण्डर किमो पउलले २५ सदस्यीय टोलीबाट आफ्नो नाम फिर्ता लिएका हुन् । इङ्गल्याण्डले हिजो मात्र वेष्ट इण्डिजबिरुद्धको तीन टेस्ट म्याचको श्रंखलाको तालिका सार्वजनिक गरेको थियो । इङ्गल्याण्डले दुई वटा आयोजना स्थलमा २१ दिनको अन्तरमा तीन टेस्ट खेल्न गइरहेको छ ।

यसअघि जुन ४ का लागि तय भएको श्रंखला अब जुलाई ८ देखि दि एजिज बाउलमा शुरु हुन गइरहेको छ । दोश्रो र तेश्रो टेस्ट ओल्ड ट्राफोर्डका लागि तय गरिएको छ । वेष्ट इण्डिज टोली प्रतियोगिताका लागि जुन ९ मा इङ्गल्याण्ड पुग्ने र १४ दिने क्वारेन्टिनपछि केही दिन अभ्यास गर्ने कार्यक्रम रहेको छ ।

क्रिकेट वेष्ट इण्डिजले भ्रमण गर्न गइरहेका खेलाडी तथा कोचिङ्ग स्टाफहरुको यही हप्ता कोरोना भाइरस परिक्षण गरिनेछ । प्रारम्भिक १४ सदस्यीय टोलीसँगै ११ बैकल्पिक सहित क्रिकेट वेष्ट इण्डिजले बुधबार नै २५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

वेष्ट इण्डिज प्रारम्भिक टोली: जेसन होल्डर (कप्तान), जर्मान ब्ल्याकउड, एनक्रुमाह् बोनर, क्रेग ब्रेथवेट, शमार ब्रुक्स, जोन क्याम्पबेल, रोस्तन चेज, रह्किम कर्नवाल, शेन डाउरिच, चेमार होल्डर, से होप, अल्जारी जोसेफ, रेमन रिफर, केमार रोच

११ बैकल्पिक: सुनिल अम्ब्रिस, जोसुवा डा सिल्वा, सानोना ग्याब्रियल, कियोन हार्डिङ्ग, काइल मेयर्स, प्रेस्टन म्याकस्विन, मार्किनो मिन्ड्ले, शेन मोस्ली, एण्डरसन फिलिप्स, ओसन थोमस, जोमेल वारिकन

क्रिकेट वेष्ट इण्डिजले भविष्यमा गरिने टिम छनोटमा हेटमायर, ब्राभो र पउलको निर्णयले केही असर नगर्ने पनि बताएको छ । कोरोना भाइरसको संक्रमण र मृत्यु हुनेको संख्या क्यारेबियनमा भन्दा युकेमा बढी रहेको छ ।

क्रिकेट वेष्ट इण्डिजद्वारा कोरोना भाइरसलाई मध्येनजर गर्दै लिइएको टिमका खेलाडी र स्टाफहरुले पाउने पैसामा ५० प्रतिशत कटौतिको निर्णय मान्दै टिम इङ्गल्याण्ड भ्रमणका लागि तैयार भएको हो ।

Click to comment

Trending