Headline

भगवान नै म चेल्सीमा बसेको हेर्न चाहन्छन्: जिरुड

Published

on

चेल्सीका ओलिभर जिरुडले भगवानको इच्छा र आदेशमा नै आफू चेल्सीसँगको सम्झौता लम्बाउदै स्ट्यामफोर्ड ब्रिजमा बस्ने निर्णय गरेको बताएका छन् ।

पछिल्लो समय ३३ बर्षिय जिरुडले चेल्सी छाड्ने चर्चा चल्दै आएको थियो । चेल्सीको शुरुवाती ११ मा पर्न असफल भए पछि उनले क्लब छाड्ने अड्कल बाजी चलेको थियो । चेल्सीमा ट्यामी अब्राहम र मिची बात्सुईसँगको प्रतिस्पर्धामा पछि परेपछि जिरुडको फ्रेञ्ञ टोलीमा पर्ने सम्भावना पनि न्युन बन्दै गएको थियो ।

तर अब उनले अर्को एक बर्ष स्ट्यामफोर्ड ब्रिजमा नै बिताउने भएका छन् । जिरुड युरो २०२० एक बर्षका लागि स्थगित भएपछि फ्रान्सको टोलीमा पर्ने इच्छाका साथ चेल्सी छाड्ने मनस्थितीमा पुगेका थिए । यद्दपि चेल्सी व्यवस्थापक फ्रांक लाम्पार्डसँगको सल्लाहमा एक बर्ष पछाडी सरेको युरो कपका लागि फ्रान्सको टिममा पर्न चेल्सीमा नै उत्कृस्ट प्रदर्शन गर्न पर्याप्त समय रहेको निचोडमा पुगेका हुन् ।

“मैले क्लब झण्डै छोडिसकेको थिए तर मलाई लाग्छ भगवान नै म चेल्सीमा बसेको हेर्न चाहन्छन् । जनवरीको ट्रान्सफर विन्डोमा मैले क्लब छोड्नु पर्ने थियो किनभने मैले धेरै खेलिरहेको थिइन । फ्रान्सको युरो कप टोलीमा पर्नका लागि मलाई धेरै भन्दा धेरै खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको थियो,” बेलायती पत्रिका सनले लेखेको छ ।

“व्यवस्थापक (लाम्पार्ड) ले मेरो स्थानमा अन्य कोही नभएकोले मलाई छोड्न नसक्ने बताएका छन् । मैले त्यही मौकाको फाइदा उठाउदै राम्रो प्रदर्शन दिदै आएको थिए । शायद त्यही कारणले मलाई चेल्सीले अर्को एक बर्ष क्लबमै राख्ने निर्णय गरेको हो । मलाई चेल्सीमा हुदा निकै राम्रो लाग्ने गर्छ,” उनले थपे ।

सन् २०१७ मा चेल्सी आएका जिरुडले क्लबका लागि सबै प्रतियोगिता गरेर ७६ खेलमा २१ गोल गरेका छन् ।

Click to comment

Trending