Headline

योर्गेन क्लोपः मैले फुटबल धेरै ‘मिस’ गरे

Published

on

लिभरपुलका च्याम्पियन्स लिग बिजेता प्रशिक्षक योर्गेन क्लोपले उनी इङ्गलिस प्रिमियर लिग पुन सुचारु हुन लागेकोमा खुशी रहेको बताएका छन् । १७ जुन देखी सुचारु हुन गइरहेको प्रिमियर लिगमा आफ्नो अद्भुत टोलीलाई हेर्न उत्साहित रहेको पनि बताएका छन् ।

क्लोपको लिभरपुल प्रिमियर लिगमा ८२ अंकका साथ शिर्ष स्थानमा रहदै ३० बर्ष पछि प्रिमियर लिगको उपाधि चुम्न आतुर रहेको छ । कोरोना भाईरसका कारण प्रिमियर लिग १३ मार्च देखी रोकिन पुगेको थियो ।

“यो लकडाउनको अवधीभरी मैले फुटबललाई धेरै मिस गरे,” लगभग तीन महिनापछि प्रिमियर लिग शुरु हुनै लाग्दा क्लोपले भने । “मलाई थाहा छ यो धेरै महत्वपूर्ण कुरा त हैन तर पनि फुटबल मेरो काम भएकाले म धेरै खुशी छु । हाम्रा समर्थकहरु पनि म जत्तिकै उत्साहित होलान् ।”

म्यानचेस्टर सिटी प्रिमियर लिग शुरु भएको पहिलो दिनमै आर्सनलसँग पराजित हुने र लिभरपुलले आफ्नो खेल जित्ने हो भने उसले आरामले प्रिमियर लिग सकिने मिती भन्दा अगाडी उपाधि उचाल्नेछ । तर क्लोपले भने लिभरपुल सकेसम्म सबै खेल जित्दै उपाधि जित्ने दाउमा रहेको बताए ।

“हामीलाई थाहा छ हामी अहिलेलाई बिजेता भईसकेका छैनौ । बाकी रहेका खेलहरुमा २७ अंक छ र त्यो सबै अंक हामी लिन्छौ,” उनले भने । क्लोपले बिना दर्शक घरमा खेलिने खेलमा फाईदा नहुने र उनका खेलाडीले आराम गर्न समय पाएकोमा खुशी भएको पनि बताए । आराम गर्नका लागि प्रशस्त समय पाएकोले पहिलो खेल देखी नै हामीले हाम्रो क्षमता अनुरुप खेल्नेछौ ।

Click to comment

Trending