Headline

इङ्गल्याण्डले वेष्ट इण्डिजसँग २१ दिनको अन्तरमा तीन टेस्ट खेल्ने

Published

on

इङ्गल्याण्डले वेष्ट इण्डिजसँग जुलाईमा २१ दिनको अन्तरमा तीन टेस्टको श्रंखला खेल्ने तय भएको छ ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय खेलकुद गतिविधि ठप्प रहदा इङ्गल्याण्डमा जुलाई १ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाइएको छ । कोरोना अघि नै तय भएको श्रंखला स्थगित गर्दै अब नयाँ व्यवस्थाका साथ जुलाई ८ देखि शुरु हुने भएको छ ।

खाली रँगशालामा हुने श्रंखलाका लागि वेष्ट इण्डिज १४ दिने क्वारेन्टिनका लागि यहि महिना इङ्गल्याण्ड पुग्ने छ भने खेलाडी र कोचिङ्ग स्टाफको तलबमा ५० प्रतिशत कटौति पनि गरिने यसअघि नै निश्चित भइसकेको थियो ।

पहिलो टेस्ट दि एजिज बाउलमा हुनेछ भने दोश्रो र तेश्रो टेस्ट क्रमश जुलाई १६ र २४ मा ओल्ड ट्राफोर्डमा हुने इङ्गल्याण्ड र वेल्स क्रिकेट बोर्डले जनाएको छ । आल्ड ट्राफोर्डमै बस्ने वेष्ट इण्डिज टोली जुन ९ मा इङ्गल्याण्ड पुग्ने छ भने क्वारेन्टिनपछि केही दिन प्रशिक्षणमा सहभागि हुनेछ ।

पहिलो तय गरिएको तालिका अनुसार यो श्रंखला जुन ४ देखि २९ सम्म हुने थियो । इङ्गल्याण्डले वेष्ट इण्डिजपछि पाकिस्तान, अष्ट्रेलिया र आयरल्याण्डसँग पनि खेल्ने योजना बनाएको छ र यसको तालिका पछि बनाउने पनि जानकारी दिएको छ ।

Click to comment

Trending