Headline

स्टिभ स्मिथको जन्मदिनः तपाईंले नचिनेका स्मिथ

Published

on

विश्व क्रिकेटमा एक छुट्टै छाप छोडेका अष्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ मङ्गलाबार (जुन २) मा आफ्नो ३१ औं जन्मदिन मनाउदै छन् । २०१० मा अन्तर्राष्ट्रिय करिअरको शुरुवात लेग स्पिनरको रुपमा गरेका स्मिथ अहिले बिश्वकै उत्कृष्ट ब्याट्स्म्यानहरु मध्ये पर्छन् ।

न्यु साउथ वेल्स सिड्नीमा जन्मेका स्मिथ मेनाइ हाइ स्कुलमा पढ्ने गर्दथे । तर १७ बर्षको उमेरमा क्रिकेटकै लागि उनले स्कुल छोड्दै केन्ट क्रिकेट लिगमा सेभेन ओक्स भाईनका लागि खेल्न सुरु गरे । ब्याटिङ गर्ने फरक शैलिका कारण सबैलाई आकर्षित गर्दै आइरहेका स्मिथले २६ टेस्ट शतक र ९ एकदिवसीय शतक ठोकिसकेका छन् ।

हेरौं उनका बरोमा अन्य रोचक कुराहरुः

स्टिभन पिटर डेभेरक्स स्मिथ १९८९ जुन २ मा सिड्नीको कोगाराहमा जन्मेका थिए ।

स्मिथसँग दुई देशको नागरिकता रहेको छ । उनका पिता पिटर अष्ट्रेलियन हुन् भने आमा गिलियन लण्डनमा जन्मेकी थिइन् ।

स्मिथले आफ्नो पहिलो खेल पाकिस्तानसँग २०१० मा लेग स्पिनरको रुपमा खेलेका थिए ।

कप्तानको रुपमा उनको पहिलो खेल २०१४ मा भारतबिरुद्ध रहेको थियो । तत्कालीन कप्तान माइकल क्लार्कलाई चोट लागेपछि उनले कप्तानी गरेका थिए ।

मिडियामा धेरै आलोचित हुने कारण स्मिथलाई दोस्रो क्याप्टेन ग्रम्पी भनेर पनि चिनिने गरिन्छ । पहिलो ग्रम्पी कप्तान १९८७ का बिश्वकप बिजेता एलन बोर्डरलाई भन्ने गरिएको छ ।

स्मिथ टेस्ट क्रिकेटमा सबै भन्दा चाँडो ७००० रन पुरा गर्ने ब्याट्स्म्यान हुन् ।

स्मिथ आइसिसी क्रिकेटर अफ द इयर जित्ने सबै भन्दा कान्छा खेलाडी पनि हुन् ।

क्रिकेटपछि टेनिस स्मिथलाई सबैभन्दा मनपर्ने खेल हो । स्मिथ स्विस लिजेण्ड रोजर फेडेररका ठूला समर्थक हुन् ।

स्मिथ २०१८, सेप्टेम्बर १५ मा आफ्नी प्रेमिका ड्यानी विल्ससँग बैवाहिक सम्बन्धमा बाधिएका थिए ।

Click to comment

Trending