Headline

बायर्नबाट ‘ट्रेबल’ जित्ने पावार्डको सपना

Published

on

बायर्न म्युनिख डिफेन्डर बेन्जामिन पावार्डले यो सिजन च्याम्पियन्स लिग जित्दै बयर्नसँग ‘ट्रेबल’ (तीन वटा ट्रफि) जित्ने आफ्नो सपना रहेको बाताएका छन् ।

हान्सी फ्लिकको बायर्न जर्मन कपको सेमीफाइनलमा पुगिसकेको छ । च्याम्पियन्स लिगको पनि अन्तिम १६ मा रहेको बायर्नले बुन्डेसलिगाको उपाधि पनि को उपाधि पनि आफ्नो नाममा लगभग लेखाइसकेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग सात अंकको दुरी कायम गरेको बायर्न लगातार आठौं लिग उपाधि नजिक छ । बायर्न आउनुअघि स्टुटगार्टमा रहेका पावार्डले म्युनिख आउने बित्तिकै आफ्नो नजर तीन वटै ट्रफिमा रहेको बताएका थिए ।

“हाम्रो टोली निकै नै बलियो छ र राम्रो पनि । हामी जर्मन कप र बुन्डेसलिगामा पनि राम्रो खेलिरहेका छौं,” पावार्डले भने । “हामी यसरी नै अघि बढ्न जरुरी छ, पहिलो लिग, त्यसपछि जर्मन कम अनि च्याम्पियन्स लिग । हामीले देख्ने सपना पनि यही हो । अब यो सपनालाई साकार पार्दै हामीले ट्रेबल जित्नु पर्दछ ।”

यो सिजन सबै खाले प्रतियोगिता गरि ३९ खेल खेलेका पावार्डलाई बायर्नले मुख्य डेफेन्समा खेलाउदै नयाँ राइट ब्याक खोज्दै छ । तर पनि पावर्डलाई आफ्नो पोजिसनको नभइ ट्रेबलकै चिन्ता रहेको छ ।

“मैले बायर्नसँग पाँच बर्षको सम्झौता गरेको हु । त्यो समय भित्रमा म आफ्नो खेल सुधार्दै लाने छु र धेरै लिग र कपहरु जित्न चाहान्छु,” उनले थपे । बायर्नले च्याम्पियन्स लिगमा पनि प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीलाई स्ट्यामफोर्ड ब्रिजमै ३–० ले हराइसकेको छ । यस्तै उसले जर्मन कपमा पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

Click to comment

Trending