Headline

वेर्नरको १५ औं अवे गोलमा लाइपजिग तेश्रोमा उक्लियो

Published

on

टिमो वेर्नरले जर्मन बुन्डेसलिगामा आफ्नो २५ औं गोल गरेपछि आरबि लाइपजिग रोमाञ्चक खेलमा कोलोनलाई पराजित गर्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ ।

अवे खेलमा लाइपजिगले कालोनलाई ४–२ ले हरायो । जितपछि लाइपजिगको ५८ अंक भएको छ भने बोरुसिया डर्टमण्डमाथि दोश्रो स्थानका लागि थप दवाब पनि कायम गरेको छ । डर्टमण्डको ६० अंक रहेको छ । शिर्ष स्थानमा रहेको बायर्न म्युनिखको ६७ अंक रहेको छ भने सबैलै २९ खेल खेलिसकेका छन् ।

खेलमा जोन कोर्डोबाले सातौं मिनेटमै गोल गर्दै कोलोनलाई अग्रता दिलाएका थिए तर प्याट्रिक सिकले २० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । क्रिष्टोफर एनकुन्कुले ३८ औं मिनेटमा दोश्रो गोल गरे भने वेर्नरले दोश्रो हाफ शुरु भएको पाँच मिनेटपछि गोल गर्दै लाइपजिगलाई ३–१ को फराकिलो अग्रता दिलाएका थिए ।

एन्थोनी मोडेस्टेले पाँच मिनेटपछि नै अग्रता घटाउने काम त गरे तर ड्यानिएल ओल्मोले ५७ औं मिनेटमा अर्को गोल थपेपछि लाइपजिगले उत्कृष्ट जित हात पारेको थियो । कोलोनले अर्को एक पेनाल्टी त पाएको थियो तर भिडियो असिस्टेन्ट रेफ्रिको मद्दतमा उक्त पेनाल्टी फिर्ता लिइएको थियो ।

बुन्डेसलिगामा १५ अवे गोल गर्ने वेर्नर पाचौं खेलाडी पनि बनेका छन् । बुन्डेसलिगामा बोरुसिया मोइचेनग्ल्याडब्याच चौथो र बायर लेभरकुसन पाचौं स्थानमा रहेका छन् । दुवैको २९ खेलबाट समान ५६ अंक रहेको छ ।

Click to comment

Trending