Headline

कोरोनाका बीच पनि श्रीलंकाको क्रिकेट टोलीले अभ्यास सुरु गर्यो 

Published

on

देशमा जारी लकडाउन र कोरोनाको प्रकोपका बीचमा पनि श्रीलंकाको क्रिकेट टोलीले आजबाट अभ्यास सुरु गरेको छ ।

श्रीलंका क्रिकेट बोर्डले जनाए अनुसार हालका लागि १३ जना खेलाडीले अभ्यासमा सहभागिता जनाउने छन् । पहिलो चरणमा बलरहरु मात्र सहभागिता गराइएको बन्द प्रशिक्षण १२ दिन सम्म चल्ने छ ।

कोरोनाका कारण प्रशिक्षण अवधि भर कडा नियम बनाइएको छ । खेलाडीहरुले कोलम्बो क्रिकेट क्लबमा अभ्यास गर्ने छन् भने होटलमा बस्ने छन् । तर उनीहरु होटल र मैदान भन्द अन्त जान पाउने छैनन् । त्यस्तै उनीहरुले यस १२ दिनको अवधीमा टोली बाहेक अन्य कसैसँग भेटघाट तथा हिडड़ुल गर्न पाउने छैनन् ।

खेलाडीहरुले आज पहिलो दिनमा जीममा समय बिताए भने भोलीबाट अब मैदानमा अभ्यास गर्ने छन् ।

Click to comment

Trending