Headline

टिम भित्रको राजनीतिको शिकार भएका क्रिकेटरहरु

Published

on

अन्तर्राष्ट्रिय क्रिकेटको स्थापित देशहरुमा राष्ट्रिय टोलीमा स्थान बनाउन कुनै पनि खेलाडीले धेरै नै मिहिनेत गरेको हुन्छ । तल्लो स्तरको प्रतियोगितादेखि राष्ट्रिय टोलीसम्म आईपुग्दासम्मको संघर्षको कथा निकै रोचक हुने गर्दछ । भारतीय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिँह धोनीले राचीको एउटा सानो ठाँउबाट तय गरेको यात्रा यसको एउटा राम्रो उदाहरण हो ।

तर राष्ट्रिय टोलीमा पुगिसकेपछि त्यहा टिकीरहन पनि ठूलै संघर्ष गर्नुपर्ने हुन्छ । लगातार राम्रो प्रदर्शन गर्ने हो भने कुनै पनि खेलाडीलाई हटाउन सम्भव हुदैन । तर कतिपय खेलाडीहरु राम्रो गर्दा गर्दै पनि टिम भित्रकै राजनीतिको शिकार बन्न पुग्छन् । यस्तो राजनीति क्रिकेटका स्थापित देशहरुमा पनि हुने गर्दछ, शायद सबैभन्दा बढी नै यस्ता राष्ट्रहरुमा हुने गर्छ । हेरौं यस्ता खेलाडीहरु जो टिमभित्रको खराब राजनीतिको शिकार बन्न पुगे ।

अम्बाती रायडु (भारत)

भारतीय टोली भित्र रहदाको समय रायडुका लागि निकै कठिन थियो । २०१९ को शुरुवात सम्म उनले टोलीको लागि चौथो नम्बरमा ब्याटिङ्ग गर्ने लगभग पक्का थियो, कारण थियो उनले निरन्तर गर्दै आएको राम्रो प्रदर्शन । तर अष्ट्रेलियाबिरुद्धको एक सिरिजमा उनी असफल मात्र के भएका थिए, रायडुले बिश्वकप टोलीमै स्थान गुमाउन पुगे । हतोत्साहित रायडुले २०१९ को बिश्वकप जारी रहदा नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे तर पछि उनले त्यो फिर्ता लिदै आफू सबै संरचनाको क्रिकेटको लागि तयार भएको बताए ।

एण्ड्रयु साइमन्ड्स (अष्ट्रेलिया)

अष्ट्रेलियाले २००३ र २००७ को बिश्वकप जित्दा एण्ड्रयु साइमण्ड्स टोलीको महत्वपूर्ण सदस्य थिए । बिवादित क्रिकेटरको रुपले परिचित साइमण्ड्स आफ्नै टोलीका साथीहरुबाट उपेक्षित हुन पुगे । सन् २००८ मा बङ्गलादेशबिरुद्धको एकदिवसीय श्रृंखलाका दौरान उनी टिम मिटिङ्गमा जानु सट्टा फिसिङ्ग (माछा मार्न) निस्किए । त्यसपछि

उनलाई श्रृंखलाका चलिरहदा नै घर पठाइयो । २००९ मा पाकिस्तानबिरुद्धको एकदिवसीय श्रंखलापछि उनी टिमबाट लगातार हटाइन थाले । साइमन्ड्स त्यति खेरका उप–कप्तान माइकल क्लार्कसँगको खराब सम्बन्धका कारण टिमबाट बाहिरिन पुगेको अष्ट्रेलियन मिडियाले दाबी गरेको थियो । साइमन्ड्सको अन्तर्राष्ट्रिय करिअर करिअर ३३ बर्षको उमेरमा नै समाप्त हुन पुग्यो ।

केभिन पिटरसन (इङ्गल्याण्ड)

दक्षिण अफ्रिकामै जन्मिएर उनै लामो समय बिताएका पिटरसनले माथिल्लो स्तरको क्रिकेट खेल्नका लागि इङ्गल्याण्ड रोजेका थिए । उनको त्यो कदम फाइदाजनक नै रहेको थियो । उनी इङ्गल्याण्डकै उत्कृष्ट र स्टाइलिस्ट खेलाडीको रुपमा स्थापित हुन पुगे । तर तत्कालिन कप्तान एण्ड्रयु स्ट्राउस र प्रशिक्षक एण्डी फ्लावरसँग सम्बन्ध बिग्रदै गएपछि उनको अन्तर्राष्ट्रिय करिअर लामो हुन भने सकेन । राष्ट्रिय टोलीको ठाँउमा महँगा ट्वान्टी ट्वान्टी लिग खेल्नुपर्ने वकालत गर्दै आएपनि उनी टिम भित्रै मन पराइन छाडेका थिए । एक समय यस्तो पनि आयो जब पिटरसन क्रिकेट बाहेकका बिषयहरुमा मिडियाको हेडलाइन बन्न थाले ।

शोएब अख्तर (पाकिस्तान)

बिश्वकै तिब्र गतिका बलर अख्तर पनि टिम राजनीतिको शिकार भएका थिए, त्यो पनि बिश्वकप जारी रहदा नै । सन् २०११ को बिश्वकप दौराना भारतबिरुद्ध मोहालीमा भएको सेमिफाइनलका लागि आफू फिट भएको दाबी गरे पनि कप्तान शहिद अफ्रिदी र टिम व्यवस्थापनले युवा तिब्र बलर वाहब रियाजलाई उनको स्थानमा खेलाउने निर्णय गरेको थियो । त्यसयता अफ्रिदीले पाकिस्तानका लागि खेल्न पाएनन् र १३ बर्षको करिअर बिश्वकपका दौरान अन्त्य हुन पुगेको थियो ।

गौतम गम्भिर (भारत)

भारतलाई २०११ को बिश्वकपको फाइनल जिताउन पूर्व कप्तान महेन्द्र सिँह धोनीले श्रीलंकाबिरुद्ध जति मानसिक चाल चलेका थिए त्यति नै हकदार ओपनर गौतम गम्भिर पनि थिए । गम्भिरले ९७ रन बनाउदै फाइनलमा भारतका लागि जितको आधार खडा गरेका थिए । गम्भिरको करिअरकै त्यो पहिलो बिश्वकप थियो । बिश्वकपछि भने उनि टिमबाट बाहिर भित्र हुने क्रम जारी रह्यो । २०१३ मा इङ्गल्याण्डबिरुद्ध धर्मशालमा भारतका लागि अन्तिम एकदिवसीय खेलेका गम्भिर २०१५ को बिश्वकपमा थिएनन् ।

उनी २०१४ र २०१६ मा टेस्टका लागि फर्किएका त थिए तर धोनीसँगको मतभेदका कारण उनी टिममा नपरेको मिडियाले बताउदै आएका छन् । गम्भिरको हालका कप्तान बिराट कोहलीसँग पनि राम्रो सम्बन्ध थिएन । त्यसैले उनी अहिले पनि कोहली भन्दा रोहित शर्मा राम्रो भन्ने गर्छन् । २००३ मा डेब्यु गरेका गम्भिरको भारतका लागि एकदिवसीय करिअर १० बर्षमात्र चलेको थियो ।

Click to comment

Trending