Headline

इकार्डीलाई पिएसजीले ५४ मिलियन पाउण्डमा क्लबमै राख्यो

Published

on

फ्रेञ्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्माइन (पिएसजी) ले अर्जेन्टाइन स्ट्राइकर माउरो इकार्डिसँगको सम्झौतालाई स्थायी बनाएको छ । २७ बर्षिय इकार्डी सेप्टेम्बरमा इन्टर मिलानबाट किन्न मिल्ने बिकल्पसहित पुरै सिजनका लागि लोनमा आएका थिए ।

पिएसजीले इकार्डीलाई क्लबमै राख्न ५४ मिलियन पाउण्डमा राखेको छ । कोरोना भाइरसको संक्रमण जारी नै रहदा इकार्डी युरोपियन फुटबलको पहिलो ठूलो कारोबार भएका छन् । नयाँ सम्झौता अनुसार इकार्डी अब पिएसजीमा २०२४ को जुनसम्म रहनेछन् ।

अप्रिल ३० मा कोरोना भाइरसका कारण फ्रेञ्च सिजन समाप्त हुनुअघि इकार्डीले पिएसजीका लागि सबै खाले प्रतियोगिताहरुमा ३१ खेल खेल्दै २० गोल गरेका थिए । इकार्डी पिएसजीको नियमित टोलीमा स्थान बनाउनका लागि उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीसँग प्रतिस्पर्धामा रहदै आएका छन् ।

काभानीको सम्झौता यही जुन ३० मा समाप्त हुन गइरहेको छ । भेटेरान काभानीलाई अब नयाँ सिजनमा नयाँ मालिकका साथ बजारमा आक्रमक रुप अपनाउने आशा गरिएको इङ्गलिस प्रिमियर लिग टोली न्युकासल युनाइटेड जाने चर्चा चल्न थालेको छ ।

Click to comment

Trending