Headline

प्रिमियर लिगका बाँकी खेलका लागि ह्यारी केन फिट

Published

on

टोटनह्याम हटस्पर र इङ्गल्याण्ड टोलीका कप्तान तथा स्ट्राइकर हेरी केन मैदानमा फर्कने भएका छन् ।

पाँच महिना अघिको ह्यामस्ट्रिङ्गको चोटबाट मुक्त हुँदै केन मैदानमा फर्किन लागेका हुन् । केन आफैले आफुलाई फिट भएको बताउँदै यो सिजन टोटनह्यामको बाँकी रहेको नौं मध्य सात या आठ खेल जित्दै च्याम्पियन्स लिगमा स्थान बनाउने कठिन लक्ष्य लिएको पनि बताए ।

केन साउथ्याम्प्टन बिरुद्ध घरेलु मैदानमा भएको खेलका क्रममा खुट्टा खोच्च्याउँदै हिंडेका थिए । ह्यामस्ट्रिंग च्यात्तिएपछि उनी लामो समय मैदान बाहिर रहन पुगेका थिए । कोरोना भाइरसका कारण लिग स्थगित हुदा उनले फिट हुँदै लिगमा फर्कने मौका पाएका थिए ।

केनले टोटनह्याम र इङ्गल्याण्डको लागि यो सिजन ३१ खेलमा २७ गोल गरिसकेका छन् । “पछिल्लो केहि महिना फरक खालको समय भयो । समय सन्दर्भ अनुसार भिज्नै पर्यो । आफ्नो टोलीसँग फर्कन पाउँदा खुशी र उत्साहित छु,” केनले टोटनह्यामको युट्युबको एक अन्तर्वार्तामा भने ।

“मैलें खेल्न नपाएको ६ महिना भयो । यो निकै लामो समय हो । पछिल्लो समय फुटबलबाट टाढा बस्दै आराम गर्न पाएको छु जसले गर्दा मेरो ह्यामस्ट्रिंङको समस्यामा कमी आएको छु र मैदानमा फर्कन लालायित छु,” उनले भने । “म पुर्ण रुपमा फिट छु । पछिल्लो छ महिना अभ्यास गर्न नपाएका कारण टोलीसँगको अभ्यासमा पहिलेको जस्तै हुन केहि समय पक्कै लाग्ने छ । तर पनि म राम्रो महसुस गर्दै छु ।”

Click to comment

Trending